ताजा अपडेट »

श्री एयरलाइन्सले ८० जना सिट क्षमताको विमान थप्यो

शनिबार, ०८ असार २०८१, ११ : ४६
132 Shares
शनिबार, ०८ असार २०८१
132 Shares

बुटवल । श्री एयरलाइन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हामिलैण्ड अफ क्यानाडामा निर्मित ८० सिट क्षमताको विमान  थप गरेको हो । श्रीले नेपाल भित्र्याएको उक्त जहाजको कल साइन (एन-एओएम) हो ।

आन्तरिक उडानमा सेवा विस्तार गर्दै गरेको श्री एयरलाइन्स जहाज संख्याका हिसाबले सबैभन्दा ठूलो कम्पनी हो । यो वायुसेवासँग नियमित सेड्युल फ्लाइट गर्ने जहाजको संख्या ११ वटा पुगेको छ ।

श्रीले एउटा थप गरेसँगै ड्यास ८ सात वटा पुगेको छ । यो कम्पनीसँग ५० सिट क्षमताको सीआरजे २ वटा र ७० सिट क्षमताके अर्को २ वटा सीआरजे ७०० नामको जहाज छ ।

यो वायुसेवासँग २४ सिट क्षमताका ठूला ६ वटा र साना २ वटा हेलिकप्टर पनि छ । श्रीले नयाँ थप गरेको जहाजलाइ नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएपछि नियमित उडानका गन्तव्यमै सेवा विस्तार गर्ने भएको छ ।

श्रीले थप गरेको नयाँ जहाज संयुक्त राज्य अमेरीकाको होराइजन एयर तथा अलास्का एयरद्वारा संचालनमा रहेका उक्त जहाज क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडामा निर्मित जहाज हुन् ।  ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरुलाई कम ध्वनी अनुभुति दिने र भरपर्दो क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावको इन्जिन जडित विमान हो ।

उक्त जहाज श्री एयसलाईन्सका पाइलटहरुद्वारा संयुक्त राज्य अमेरिकाको अरेगन राज्यको पोर्टलैण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजवे, आइसलैण्डको केफलामिक चेकको प्राग, इजिप्टको काइरो, ओमानको मस्कट हुदै आएको हो । यो जहाज करिब १० हजार ४०० माइलको दुरीलाइ ३३ घण्टा उडेर आएको छ ।

सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सि आर जे २०० तथा ७० सिट क्षमताको २ वटा सि आर जे ७०० जेट विमानहरुबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान संचालन शुरु गरेको हो । यसका जहाजले हाल काठमाडौ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरुमा र पर्वतीय उडानहरु नियमित रुपमा हवाई सेवा संचालन गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।