ताजा अपडेट »

मणिग्राममा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

शनिबार, ०८ असार २०८१, ११ : ३१
268 Shares
शनिबार, ०८ असार २०८१
268 Shares

बुटवल ।  फोकस एजुकेसन  , गुड लक एजुकेसन  एण्ड माइग्रेसन  तथा तिलोत्तमा रक्तदाता समाज तिलोत्तमा रुपन्देहीको  आयोजनामा तिलोत्तमा ५ मणिग्रामको फोकस तथा गुडलक एजसकेसनको प्राङ्गणमा बृहत्  रक्तदान कार्यक्रम  सम्पन्न  भएको छ । 

फोकस एजुकेसन  तथा तिलोत्तमा रक्तदाता समाज रुपन्देहीका अध्यक्ष  सुदीप  न्यौपाने र गोबिन्द बन्जाडेको संयुक्त  अध्यक्षता र  तिलोत्तमा नगर पालिका वार्ड नम्बर  ५ का वार्ड अध्यक्ष  रमेश डुम्रेकको  प्रमुख आतिथ्यतामा सम्पन्न  बृहत्  रक्तदान कार्यक्रममा लायन्स क्लब  अफ भलबारी ,लायन्स क्लब अफ तिलत्तमा भलवारी ,लायन्स  क्लब  अफ भैरहवा  र श्री पुस्तक  पसल भलवारीले विशेष  सहयोग  गरेको   फोकस एजुकेसनका कार्यकारी प्रमुख  सुदीप  न्यौपानेले जनाए। कार्यक्रममा  रक्तदातालाई निशुल्क परामर्श  सहित चिसो र नास्ताको व्यवस्था  गरिएको  थियो।


 मानव जीवनको अत्यन्तै  पुण्य  काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी  रक्तदान कार्यक्रम  आयोजना गरिएको गुड लक एजुकेसन  एण्ड माइग्रेशनका निर्देशक तथा कार्यक्रम  संयोजक राजीव कुँवरले बताए ।  तिलोत्तमा रक्तदाता समाजका सचिव  शिशिर पाण्डेको सञ्चालन  भएको कार्यक्रममा राजेन्द्र  कुँवर , गोबिन्द बन्जाडे , सुदीप न्यौपाने , बिक्रम गैरे र बर्दान आचार्य  लगायतले मन्तव्य  राख्नु भएको थियो ।  रक्तदान  कार्यक्रमबाट   ४५ पोइन्ट  रगत संकलन  गरिएको थियो। कार्यक्रममा प्राविधिक सहयोग  रक्त संचार केन्द्र बुटवलले गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।