ताजा अपडेट »

क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने

शनिबार, ०८ असार २०८१, ०८ : १४
1.82K Shares
शनिबार, ०८ असार २०८१
1.82K Shares

काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले  ग्लोबल टी- २० खेल्ने भएका हुन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए । यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ ।

यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।
      

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।