ताजा अपडेट »

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, असार २२ गते मतदान

शुक्रबार, ०७ असार २०८१, २१ : २३
162 Shares
शुक्रबार, ०७ असार २०८१
162 Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न पाइनेछ भने असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।

यस्तै, असार १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, १३ गते साँझ ८ बजे नामावली प्रकाशन, १३ गते साँझदेखि असार १५ गते बिहान १० बजेसम्म उम्मेदवारमाथि दाबी विरोधको कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने कार्यक्रम असार १५ गते बिहान ११ बजेसम्म रहेनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १५ गते दिउँसो २ बजे हुनेछ । असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मतगणना कार्य सुरु हुनेछ ।

fnj

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।