ताजा अपडेट »

अन्तराष्ट्रिय योग दिवसको अवसरमा मानव धर्मको योग शिविर

शुक्रबार, ०७ असार २०८१, २१ : ०३
114 Shares
शुक्रबार, ०७ असार २०८१
114 Shares

बुटवल । नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र आश्रम बुटवलको आयोजना र विश्व शान्ति अध्यात्म विज्ञान समाज नेपालको सहयोगमा ५ दिने योग शिविर सञ्चालन भैरहेको छ । 

योग शिविरमा बोल्दै मानव धर्म सेवा समिति क्षेत्र आश्रम प्रमुख महात्मा अम्बिका वाईजीले भौतिक तथा अध्यात्मिक जीवनको अनुशासनको लागी योग आवश्यक रहेको बताए ।

योगका विभिन्न आसनले मन एकाग्र गर्नमा विशेष सहयोग पुर्याउने बताउदै उनले हाम्रा ऋषिमुनीले पनि योगलाई विशेष प्राथमिकता दिएको बताए। विश्व शान्ति अध्यात्म विज्ञान समाज नेपालका प्रदेश अध्यक्ष तथा योगा प्रशिक्षक अमुल्यमान थैवलले प्रशिक्षण दिइरहनुभएको योग शिविरमा ७२ जना सहभागी रहेका छन् । 

शिविर ३ दिन सम्म नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र आश्रम बुटवलमा र २ दिन मायादेवि गाउँपालिका - ८ स्थित शाखा आश्रममा सञ्चालन हुने छ ।  आजैका दिन नेपाल मानव धर्म समितिका देशभरीका करिब १३५ आश्रम तथा विदेशमा रहेका आश्रमहरुमा समेत योग शिविर सञ्चालन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।