ताजा अपडेट »

बुटवलको वागेश्वरीले विविध कार्यक्रम गरी मनायो ४२ औं विश्व संगित दिवस

शुक्रबार, ०७ असार २०८१, २० : १८
246 Shares
शुक्रबार, ०७ असार २०८१
246 Shares

बुटवल । बुटवलको वागेश्वरी कला तथा संगित एकेडेमीले विश्व संगित दिवस विविध कार्यक्रम गरि मनाएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वागेश्वरीले विभिन्न कार्यक्रम गरेर ४२ औं विश्व संगित दिवस मनाएको हो।


कार्यक्रम बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदिप श्रेष्ठले संगितले मानिसलाई मनोरञ्जन प्रदान गर्ने बताए ।  बुटवल उपमहानगर र वडा संगित एकेडेमीलाई आवश्यक सहयोग गर्न तयार  रहेको र स्पष्ट योजनासहितको प्रस्ताव ल्याउन आग्रह गरे ।

वागेश्वरीका संस्थापक  तथा सङ्गितकार अध्यक्ष सुरेस सुन्चुरीले संगीत अथाहा सागर भएको बताउदै  संगितको जति चर्चा गरे पनि नसकिने बताए । वागेश्वरीले बुटवललाई चिनाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्त्वपूर्ण भुमिका खेले पनि बुटवल उपमहानगरले उपेक्षा गरेको बताए।

यस्तै सङ्गितकार मनोज ढकाल, रिसि भुसालले बोल्दै वागेश्वरीले बुटवलको कलाकारिताको विकासमा महत्त्वपूर्ण योगदान पुराएको उल्लेख गरे। नेपाल र नेपालीलाई विश्व संगीत दिवससँग प्रत्यक्ष जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको संगितालयका अध्यक्ष लालिमा श्रेष्ठले बताइन्।

IMG_20240621_202308_(1900_x_1000_pixel)

सन १९८२ बाट यो दिवस विश्वका ३७ देशहरूसँगै नेपालका विभिन्न ठाउँमा मनाउने गरिएको र विगत १६ वर्षदेखि यस संगीतालयले पनि विविध सांस्कृतिक कार्यक्रम गरी यो दिवसलाई निरन्तरता दिइरहेको उनले बताइन।
कार्यक्रममा संगितालयका ३० भन्दा बढी विद्यार्थी, प्रशिक्षकहरुल्व गीत , नृत्य र लाइभ म्युजिकमा प्रस्तुति दिएका थिए ।

विभिन्न शास्त्रीय संगित र गायन पनि प्रस्तुत गरिएको थियो । संगीतालयका व्यवस्थापक दावा शेर्पाले स्वागत गरेको कार्यक्रममा संस्थाका अध्यक्ष लालीमाया श्रेष्ठले विश्व संगीत दिवस , कार्यक्रम र संस्थाको बारेमा प्रकाश पारेको थिइन् ।

 कार्यक्रममा सांगीतिक मोह भएका विशिष्ट व्यक्तिहरू , अभिभावक , विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । विभिन्न समयमा संगितालयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै गीत नृत्य र वाध्यवाधनमा उत्कृष्ट कलाकार उत्पादन गर्दै आइरहेको छ । कार्यक्रमको संचालन संचारकर्मी तथा चर्चित उद्घोष सुमन श्रेष्ठले  गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।