ताजा अपडेट »

वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

शुक्रबार, ०७ असार २०८१, १४ : ३३
52 Shares
शुक्रबार, ०७ असार २०८१
52 Shares

 

काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जना पीडितहरूबाट १० लाख ३६ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।