ताजा अपडेट »
आगजनी अपडेट

चार घण्टा पछि नियन्त्रणमा आयो बुटवल डेल्टा कम्प्लेक्सको आगलागी, ४५ करोड बढिको क्षती (फोटो फिचर)

विहीबार, ०६ असार २०८१, २३ : १३
1.95K Shares
फोटोः अभिषेक पाण्डे
विहीबार, ०६ असार २०८१
1.95K Shares

बुटवल । बुटवलको मुटु मिलनचोकमा रहेको नेपालकै पहिलो एजुकेसनल मार्ट डेल्टा एजसकेसन मार्ट आगलागीका कारण जलेर नष्ट भएको छ । छ वर्ष पहिले सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी एजुकेसनल मार्टका रुपमा नेपालमै पहिलो पटक डेल्टा एजसकेसन मार्टको स्थापना गरीएको हो । बुटवलका अधिकाङ्स शैक्षिक व्यक्तित्वहरुको संलगनतामा डेल्टा एजुकेसनलमार्ट स्थापना गरीएको थियो । ।

बुटवलको मुख्य ब्यापारीक केन्द्र मिलनचोकको पूर्व सिद्धार्थ राजमार्ग छेवैमा रहेको सो कमप्लेक्सको तेश्रो तलाबाट आगजनी सुरु भएको होे । करीब ४ घण्टाको अथक प्रयास पछि बुटवल उपमहानगरपालिकाका २ दमकल, छिमेकी पालिकाहरू  सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह, रामग्राम, बाणगँगा, ओमसतिया तथा नेपाल आयल निगम र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थल सहित १२ वटा दमकल, सुरक्षा अधिकारीहरू, स्वयमसेवकहरू उपस्थित स्थानीयको सक्रियतामातामा आगलागी नियन्त्रणमा लिईएको हो।

आगलागी पूर्ण रुपमा नियन्त्रमा आउन भने अझै केही समय लाग्ने देखिन्छ ।

D1

डेल्टा एजुकेसन मार्ट रहेको तेश्रो तलाबाट सुरुभएको आगलागी दोश्रो तलाको नेपाली लुगा घर, भुई तलाको नेपाली जुत्ताघर तथा भुईतलाकै डेल्टा ग्रोसरी सप समेत पूर्णरुपमा जलेर खरानी भएका छन । अगलागी बाट सबै गरैर ४५ करोड बढिको नोक्सानी हुन गएको डेल्टा कमप्लेक्सका संचालक तथा नेपाल फुटवेयर म्यानुफ्याक्चरर एसोसीएसनका केन्द्रीय सदस्य चोला प्रसाद पाठकले ग्लोबल आवाजलाई बताए ।

d2

बुटवलको मुख्य बजार मिलनचोकमा रहेको यो कमप्लेक्स नजिकै २ वटा पेट्रोल पम्प तथा बरीपरी बाक्लो बस्ती समेत रहेको हुदा आगजनी फैलिन सक्ने खतरा रहेको थियो । सो खतारालाई मध्यनजर गर्दै सुरक्षाकर्मी तथा स्थानियहरुले चार घण्टा पछि आगजनिलाई नियन्त्रणमा लिन सफल भएका हुन । आगजनी नियन्त्रण कार्यमा खटिएका बुटवल उपमहानगरको टोली संगै नगर प्रमुख खेलराज पाण्डे स्वयं पनि खटिएका थिए ।

शुरक्षाकर्मी तथा संचालकहरुको प्रारम्भिक अनुमान अनुसार बिद्युतलाईन सर्ट भएर सो आगजनी हुनगएको अनुमान गरीएको छ । तेश्रो तलामा रहेको डेल्टा एजुकेसन मार्टको पूर्व कुनाबाट आगलागी सुरुभएको बताईएको छ । 

d3

d4

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।