ताजा अपडेट »

बुटवल मिलनचोकको डेल्टा मार्टमा आगलागी

विहीबार, ०६ असार २०८१, १९ : ४३
1.47K Shares
विहीबार, ०६ असार २०८१
1.47K Shares

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ । मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनारीका सामनहरु जलेर नष्ट भएका छन् ।

 स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । यो समाचार तयार गर्दासम्म आगो नियन्त्रणमा आएको छैन ।

बुटवल उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।