ताजा अपडेट »

१४ वर्षीया बालिकालाई जबरजस्ती गर्ने ४० वर्षीय पुरुष पक्राउ

विहीबार, ०६ असार २०८१, १६ : २३
164 Shares
विहीबार, ०६ असार २०८१
164 Shares

काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दिपुर गाउँपालिका-१ नाहाला बस्ने ५९ वर्षीय बम बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कुँवरले ती बालिकालाई आइतबार दिउँसो ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।