कपिल अर्याल/ परराष्ट्र नीति भन्नाले दुई वा दुई देश भन्दा बढी देश विच हुने कुनै निश्चित उदेश्यको सम्बन्धलाई सामान्य अर्थमा परराष्ट नीति भनिन्छ । अन्तरराज्य सम्बन्ध बिचको प्रस्तुतिकरण, विश्ेलषण, मूल्याङ्कन, सहजीकरण र कार्यान्वयन गर्ने प्रकृया नै परराष्ट्रनीति हो ।
यसका अलवा परराष्ट्र नीतिको धरातलिय गहिराई निकै प्रगाढ छ यो निरन्तर र अनबरत्न प्रकृया हो । डा. जोनसनले परराष्ट्र नीति मूलत विदेशी शतिहरुसँग सरोकार राख्ने सरकारको कला हो भनेर ब्याख्या गरेका छन् । विदेश नीति वा परराष्ट्र नीति सैद्धान्तिक विचार प्रवाहको समूह पनि हो । कुनै पनि देशको राजनीतिक, सांस्कृतिक, आर्थिक पक्षलाई सवलिकृत गर्दै सहअस्तित्व, आत्मसुरक्षा, लोककल्याण, राष्ट्रिय विचारधाराको संरक्षण र प्रवद्र्धन गुर्न पनि परराष्ट्र नीतिको मूल उदेश्यको रुपमा चित्रण गरिएको छ ।
नेपालको परराष्ट्र नीति हाल समसामिप्यताको सिद्धान्तमा आधारित परराष्ट्र विदेश नीति हो । १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएपछि संयुक्त राष्ट्रसंघका मुल्य र मान्यता अवलम्वन गर्दै जानु पर्नेमा नेपालले बाटो बिराउँदै गएको महसुश गर्न सहजै अनुमान गर्न सकिन्छ । यसलाई दुई अर्थमा विभाजित गरी हेर्न वाञ्छनिय हुन्छ । विश्वमा भईरहेका उतारचढावसँग जुध्न नेपालले आफ्नो सार्वभौमिकता रक्षार्थ उलङ्घन गरिरहेको संयुक्त राष्ट्रसंघीय मान्यता वा कुनै स्वार्थ समुहको दबाबमा आएर गरिएको निर्णय । उदाहरणका लागि सित युद्ध कालिन समयमा संयुक्त राष्ट्रसंघ र शोभियत युनियन बिचको युद्धमा नेपाल दुबै पक्षमा नलागी तर्टस्थ भूमिका निर्वाह गरेको थियो भने रुस –युक्रेन होस वा ईजरायल –ईरान बिचको विवादमा निश्चित एक देशलाई समर्थन गर्न पुगेको थियो । यसले नेपाल असंलग्नताको सिद्धान्त विपरित छ भन्ने कुरा पछिल्ला घटना क्रमले जिकिर गर्दछ ।
नेपालले पञ्चशील, असंलग्नता, निशस्त्रीकरण, विश्व शान्ति मान्यता प्रतिको आस्था, अन्तराष्ट्रिय कानुनमा आस्था, अति कम विकसित मुलक प्रतिको वकालत र संयुक्त राष्ट्रसंघप्रति को प्रतिबद्धता जनाउँदै संयुक्त राष्ट्रसंघको सदस्य भएको सर्वविदितै छ तर अहिले संसारमा आएका नव परिवर्तन र चनौतीहरुका विच नेपालको विदेश नीति सन्तोष जनक देखिदैन । नेपालले दई प्रकारका नीति अवलम्वन गर्न आवश्यक देखिन्छ ।
नेपाल भारत र चीन जस्ता महाशक्ति उन्मूख राष्ट्रको बिचमा छ यसलाई दई देश बिचको तरुल भनौं वा डाईनामाइट भनौं वा टाईगर –डे«गन बिच भनौ जे भने पनि नेपाल चुनौति र सफलता दुवैै मानकको तराजुमा विचारधीन छ । यो अवस्थामा भारत र चीनसंग एक प्रकारको छिमेक नीति र द्धवंम विश्वसँग भिन्न प्रकारको नीति अवलम्वन गर्न सके नेपाल जस्ता अतिकम विकसित मलकलाई भलो हुन सक्दछ ।
तर यो विचारसँग असहमत हुनेहरु पनि नभएका हाईनन कतिपएले त टाईगर र डे«गन बिचका निहित स्वार्थका कारण नेपाल फड्को मार्न नसकेको कुरामा जोडबल गर्ने गरेका छन् ।
नेपाल, भारत र चीन बिचको सम्बन्ध धेरै पुरानो छ । जसलाई भारतले त झन रोटी बेटीको सम्बन्धको रुपमा चित्रण गरेको छ । यो त्रिदेशिय सम्बन्धलाई स्वार्थसिद्धिको दृश्टान्तमा मात्र सिमित नराखेर आर्थिक, सामाजिक, सांस्कृतिक, ब्यपारिक र अन्तरदेशिय सम्बन्ध स्थापित गर्न सके उनीहरुका प्रगतिका छलाङ् मार्फत हामी पनि सफल हन सक्दछौ । तर यसका लागि तिनै मुलुक अनुकुलिय परराष्ट्र–विदेश नीति हुज जरुर छ । आफ्नो स्वार्थ अनकुल नीति निर्माण गर्नुनै विदेश नीतिको कौटल्य चिन्तन हो ।
नेपालको विदेश नीति निर्माणमा नीति निर्माण कर्ताहरुकोकमि पनि देखिन्छ जसका कारण देश हित भन्दा पनि अहित नीति निर्माण भएको देखिन्छ । जस्तो नेपाल र भारत अथवा नेपाल र चीनको सम्बन्ध कस्तो बनाउँने भन्ने विषय उठ्टान भयो भने पश्चिमा शक्ति केन्द्रहरु दबाब सृजन गर्न थाल्छन भने यदी हामीले भारत– चीन बाहेकका मुलुकसँग कुनै सन्धी सम्झौता गर्नुृ पर्ने भए भारत–चीनले दबाब सृजन गर्ने जस्ता घटना एदाकदा हुने गरेका छन् यसमा नीति निर्माण कर्ताहरुले आफ्नो देश हिताय भन्दा पनि परहिताय चिन्तन अभाव ,प्रभाव वा दबाबका कारण स्थापित गरेको देखिन्छ । वि.आर. आई , एम.सी.सी , आई.पी .एस , ई.पी.जी आदी ईत्यादी गतिला उदाहरण हुन ।
जबसम्म हामिले राष्ट्रिय अखण्डता , सार्वभौमसत्ता , आत्मसुरक्षा र स्थायित्व , राष्ट्रिय विचारधाराको प्रवद्र्धन अनकुल विदेश नीति बनाउँदैनौ तबसम्म हाम्रा आर्थिक , सामाजिक , सांस्कृतिक र राजनीतिक उदेश्यहरु प्राप्त गर्न सक्दैनौ । तसर्थ विश्व परिवेसमा भईरहेका घटना प्रति संवेदनशिल हुँदै रणनीतिक उदेश्यहरु प्राप्त गर्न राष्ट्रहित उपर तत्कालिन विदेश नीतिमा पुर्नअवलोकन गरी परिमार्जित निती लागु गर्न जरुरी छ ।
प्रतिक्रिया