ताजा अपडेट »

प्रधानमन्त्रीको भारत र राष्ट्रपतिको विदेश भ्रमण बारे संसदलाई जानकारी

विहीबार, ०६ असार २०८१, १२ : ४४
42 Shares
विहीबार, ०६ असार २०८१
42 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बारेमा संसदलाई जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा गएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण बारे विहिबार संसदलाई जानकारी गराएका हुन् । उनले विविध कारणले यस अघि संसदलाई जानकारी गराउन नसकेको बताउदै भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी, क्याबिनेट मन्त्री एस जयशंकर, भारतीय उद्योग वाणिज्य महांसघका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको जानकारी गराएका हुन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनीको भ्रमण बारे पनि संसदलाई जानकारी गराएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।