ताजा अपडेट »

दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण

विहीबार, ०६ असार २०८१, १२ : ३९
26 Shares
विहीबार, ०६ असार २०८१
26 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको बताउदै आन्दोलनमा उत्रिएपछि माग सम्बोधन गर्ने प्रचलन अन्त्य गर्नुपर्ने बताए । उनले प्रजातन्त्रमा एक जनाले पनि आफ्नो माग राखेर प्लेकार्ड बोकेमा पनि सुन्नुपर्नेमा जोड दिए ।
  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।