ताजा अपडेट »

वीरगञ्जमा रहेको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौको क्षति

विहीबार, ०६ असार २०८१, १२ : २४
84 Shares
विहीबार, ०६ असार २०८१
84 Shares

वीरगञ्ज । वीरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट  संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलगी हुँदा सम्पूर्ण कागजपत्रहरु, इलेक्ट्रिक बोर्ड, कंप्यूटर , ल्यापटप , पंखा, फ्रिज, बेन्च लगाएत इन्स्टिच्युट भित्र रहेका सबै सामानहरु जलेर ध्वस्त भएका छन । इन्स्टिच्युट भित्र रहेका सामानहरु के कति मुल्यका रहेका छन त्यो सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय नजिक नै रहेका संकल्प लोकसेवामा पर्सा , बारा , रौतहट , सर्लाही लगाएतका जिल्लाका विधार्तीहरु अध्यनरत रहेका थिए ।

आज बिहानै संकल्प लोकसेवाका संचालक अशोक साहले सामाजिक संजालमा एक स्टेटस लेख्दै  प्राविधिक कारणले संकल्प लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गरीएको जनाउनु भएको छ  । यसको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।