ताजा अपडेट »

बुटवलको वागेश्वरीले विश्व संगित दिवस विविध कार्यक्रम गरी मनाउने

विहीबार, ०६ असार २०८१, ११ : ३६
158 Shares
विहीबार, ०६ असार २०८१
158 Shares

 

बुटवल । बुटवलको वागेश्वरी कला तथा संगित एकेडेमीले विश्व संगित दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाउने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वागेश्वरीले विभिन्न कार्यक्रम गरेर विश्व संगित दिवस मनाउने संगीतालयका व्यवस्थापक दावा शेर्पाले जानकारी दिए । 

नेपाल र नेपालीलाई विश्व संगीत दिवससँग प्रत्यक्ष जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको संगितालयका अध्यक्ष लालिमा श्रेष्ठले बताइन्। सन १९८२ बाट यो दिवस विश्वका ३७ देशहरूसँगै नेपालका विभिन्न ठाउँमा मनाउने गरिएको र विगत १६ वर्षदेखि यस संगीतालयले पनि विविध सांस्कृतिक कार्यक्रम गरी यो दिवसलाई निरन्तरता दिइरहेको उनले बताए ।
कार्यक्रममा संगितालयका थुप्रै विद्यार्थीहरूले गीत , नृत्य र लाइभ म्युजिकमा प्रस्तुति रहने छ ।     

कार्यक्रममा सांगीतिक मोह भएका विशिष्ट व्यक्तिहरू , अभिभावक , विद्यार्थीलगायतको उपस्थिति सहभागिता रहने छ । विभिन्न समयमा संगितालयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै गीत नृत्य र वाध्यवाधनमा उत्कृष्ट कलाकार उत्पादन गर्दै आइरहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।