ताजा अपडेट »

लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

योग स्वास्थ्य र कल्याणको मार्ग हो : मुख्यमन्त्री महरा

विहीबार, ०६ असार २०८१, ११ : ०८
222 Shares
विहीबार, ०६ असार २०८१
222 Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन ।

मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको बताए । ‘ योगले हामीलाई आत्म– ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ’ उनले भने । योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने उनले बताए । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए । उनले योगका फाइदाहरूलाई स्वीकार्दै सार्वजनिक स्वास्थ्य सम्बन्धि पहलहरूमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्न समेत आग्रह गरे ।

‘यस प्राचीन अभ्यास को रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु’ मुख्यमन्त्री महराले भने । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा  खुसी र आनन्द भएको समेत उनले बताए । कार्यक्रमले नेपाल र भारतविचको साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महराले भारतीय दुतावासलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भगवान बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउदा यसले पर्यटन प्रवद्र्धन गर्ने बताए । उनले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन शुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने बताए । उनले भगवान बुद्धको जन्मस्थलमा लुम्बिनीको प्रचार प्रसारका लागि भारतीय दुतावासले विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाईदा गर्ने बताए । उनले लुम्बिनी विकास कोषले भारतीय दुतावाससँग सहकार्य गरेर कार्यक्रमहरु गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवद्र्धनका लागि आगामि दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकहरुको मुख्य गन्तव्य बनाउनुपर्ने बताए । उनले यसका लागि सुनौली नाकामा व्यवस्थित एकिकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदुताको ध्यानआर्कषण गराए । उनले नाकामा पर्यटकहरुले दुःख पाइरहेको गुनासो आउने गरेको तफ संकेत गर्दै मुख्यमन्त्री र राजदुतको ध्यानआर्कषण गराएका हुन ।

कार्यक्रम अघि नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए । राजदुत श्रीवास्तवलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री ह«देश त्रिपाठी, देवेन्द्रराज कंडेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलबस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसाय र स्थनीयहरुको उपस्थिती रहेको थियो ।

प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राराष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष, विपि कोइराला भारत नेपाल फाउण्डेशन, पतञ्जली योगपिठ नेपालले संयुक्त रुपमा विहिबार नै दिवस मनाएको हो  । उक्त अवसरमा सहभागी मुख्यमन्त्री सहितका अतिथिहरुले समेत योग अभ्यास गरेका थिए ।

यो वर्ष “स्वास्थ्यका लागि योग“ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।