ताजा अपडेट »

शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर बुटवलले ल्यायो नीति तथा कार्यक्रम (पुर्णपाठ)

बुधबार, ०५ असार २०८१, २१ : ०६
190 Shares
बुधबार, ०५ असार २०८१
190 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ ।

बुधबार नगरसभाको १५ औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य सहर बनाउने मूल ध्येय रहेको बताए । उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्नसक्ने साझा सांस्कृतिक सहरका रुपमा स्थापित गर्ने र पर्यटकीय विश्रामस्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको बताए ।

नीति तथा कार्यक्रममार्फत बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।