ताजा अपडेट »

बुटवल देविनगरको एक गोदाममा आगलागी, ८० लाख बराबरको क्षति

बुधबार, ०५ असार २०८१, २० : ०३
386 Shares
बुधबार, ०५ असार २०८१
386 Shares

बुटवल । बुटवलको देविनगर स्थित एक गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो साढे ४ बजे तिर फर्मको गोदाममा आगलागी भएको हो ।

आगलागीबाट गोदाममा रहेका फर्म काम नलाग्ने भएको र करिब ८० लाख बराबरको क्षती भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगो बुटवल उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

विद्युत सर्ट भएर आगो लागि भएको हुन सक्ने प्रहरीले जनाएको छ  । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।