ताजा अपडेट »

भीमसेन प्राविमा काकाकूल विद्यार्थी

बुधबार, ०५ असार २०८१, १६ : २९
382 Shares
बुधबार, ०५ असार २०८१
382 Shares

राधा सिके/ पूर्वखोला गाउँपालिकाको वडा नं. ४ देवीनगर वडा कार्यालयदेखि दक्षिण दिशामा पर्ने काफलडाँडामा २०१७ साल फागुन ७ गते स्थापना भएको थियो भीमसेन प्राथमिक विद्यालय । विद्यालय सञ्चालनपछि साविक देवीनगर गाविस, हाल पूर्वखोला –४ केरौलीमा केही समयका लागि यो विद्यालय सारिएको थियो । 

२०२१ मा स्थानीय बुद्घिजीवी थानप्रसाद श्रेष्ठ , विष्णुप्रसाद श्रेष्ठ , रेवतबहादुर श्रेष्ठ , डिलबहादुर गाहा र डिलबहादुुर श्रेष्ठको सक्रियतामा मुन्टुङ्गमा यो विद्यालय सारेर पठनपाठन सुरु भएको हो । शुरुमा कक्षा १ देखि कक्षा ५ सम्म हुमीन निमाविको नामबाट सञ्चालनमा रहेको  यस विद्यालय २०३१ मंसिर ३० मा निमावि  सञ्चालन गर्ने अनुमति प्राप्त गरेको र केही समय निमाविका कक्षाहरु सञ्चालन भई पुनः कक्षा  ३ सम्म सञ्चालन भएको थियो । 

२०३७ साउन  ८ देखि लागू हुने गरी विद्यालयको नाम भिमसेन प्रावि नामाकरण  भएको थियो ।  २०४० माघ ४ गते कक्षा ४ र २०४१ फागुन ८ गते कक्षा ५ सम्म थप गर्ने अनुमति प्राप्त भई यो विद्यालय निरन्तर सञ्चालन भएको छ । बाल कक्षादेखि  ५ कक्षासम्म सञ्चालनमा रहेको यो विद्यालयमा यतिबेला विद्यार्थी संख्या ६२ पुगेको छ । बसाइसराइँ तथा कम जन्म दरका कारणले गाउँघरका विद्यालय खाली हुने अवस्थामा पुगेतापनि यो विद्यालय  समेत केहीसमय पहिलेसम्म बन्द हुने अवस्थामा पुगेको थियो । यहाँका जनसमुदाय, विद्यालय व्यवस्थापन  समिति र शिक्षक  अभिभावक  संघ  एवम्  शिक्षकहरुको नियमित प्रयास लगनशीलताले यो विद्यालय विस्तारै प्रगति र सुधारतर्फ लम्किएको छ । 

विद्यालयमा बाल क्लव गठन गरिएको छ । हरेक महिनाको अन्तिममा विद्यार्थीहरुले महिनाभरि गरेका अतिरिक्त क्रियाकलाप सम्बन्धी जानकारी , लेख रचना प्रकाशन गर्छन्  । प्रधानाध्यापक राधा सिके, शिक्षक टकीसरा कवँर र  विष्णुमाया बाह्रघरे छौं ।  गापाले बालकक्षा अनुदान १ शिक्षक थप गरि दिएको छ ।  कक्षा सहयोगी देवीसरा जर्घा र अम्बिका पुन सूर्यवंशी, कार्यालय सहयोगी सविता श्रेष्ठ छिन् ।  शिक्षक कर्मचारी महिलामात्र भएको यो विद्यालयको शैक्षिक उपलब्धि तुलनात्मक रुपमा अन्य विद्यालयभन्दा कम छैन । 


 विद्यालयको शैक्षिक उपलब्धिमा  सुधार भएको पाउन सकिन्छ । विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक, वि.व्य. स. र  शि. अ. सं.,  स्थानीय समुदायको विद्यालयप्रति चासो एकदमै महत्वपूर्ण रहेको छ । अभिभावक भेला नियमित हुने गरेको छ । पूर्वखोला शिक्षा शाखाको नियमित अनुगमन, सहयोग र पूर्वखोला ४ देवीनगर वडाले पनि उत्तिकै महत्वपूर्ण भूमिका निभाएको छ । 

विद्यालयको प्रगतिका लागि इट्टा थप्ने काममा शिक्षाप्रेमी रीमप्रसाद श्रेष्ठ, वि, व्य. स. अध्यक्ष शेरबहादुर गाहा, पूर्वशिक्षकहरु अग्निप्रसाद न्यौपाने, गोपी बस्याल, कमल खत्री,रेखा काम्मु, आर्यभञ्ज्याङ निवासी खुमप्रसाद श्रेष्ठ (सुरेन्द्र)  र सारदा श्रेष्ठहरु छन् । उनीहरुले विद्यालयमा अक्षयकोष स्थापना गरेर ठूलो गुन लगाएका छन् । यहाँका जेहेन्दार तथा आर्थिक रुपमा कमजोर विद्यार्थीले उक्त अक्षयकोषबाट आएको ब्याजको पैसाले लाभ लिइरहेका छन् । 

Screenshot_2024-06-15-20-16-09-216_com.miui.gallery

विद्यालय र समुदायको सम्बन्ध सुमधुर रहेको छ । समुदायबाट सहयोग विद्यालयले निरन्तर पाइरहेको छ । विद्यालयको भौतिक तथा शैक्षिक छलफलमा नियमित उपस्थिति रहेको छ । दैनिक रुपमा अभिभावक पालो गरेर दिवा खाजा बनाउन विद्यालय आउने हुँदा अभिभावकको विद्यालयको हरेक गतिविधि थाहा हुने तथा विद्यालयमा  अभिभावकको चासो बढेको छ ।

वि.व्य. स. अध्यक्ष शेरबहादुर गाहा,शि.अ. सं अध्यक्ष इन्द्रा गाहा छन् ।  वि.व्य.स. र शिक्षक अभिभावक संघको विद्यालयको शैक्षिक र भौतिक विकासमा एकदमै राम्रो सहयोग रहेको छ । नियमित बैठक अनुगमन हुने गरेको छ । शैक्षिक क्रियाकलापसँगै  अतिरिक्त क्रियाकलाप, विद्यालय बाल क्लव गठन भएका छन् । नियमित विद्यालय खोप,जुकाको औषधी , किशोरी आइरन चक्कीजस्ता स्वास्थ सम्बन्धी सेवामा देवीनगर स्वास्थ्य चौकीले नियमित सहयोग र सहकार्य गरेको छ । 

IMG_20240615_202108

यस अवस्थासम्म आइपुग्न विद्यालयले धेरै उतारचढाव लिएको छ ।   प्रगति र परिवर्तनका लागि जस्तोसुकै अवस्था भोगेको छ । यति राम्रा काम हुँदाहँुदै पनि विद्यालयमा खानेपानीको सारै अभाव रहेको छ । विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा विद्यालयको शैक्षिक प्रगतिमा  असर परेको छ । यसका लागि पटकपटक छलफल भएतापनि समाधान हुन सकेको छैन । यस विद्यालयका लागि सहयोग गर्ने व्यक्ति एवम् संस्था , समुदाय,अभिभावक सबैलाई विद्यालयततर्फबाट धेरै धन्यवाद । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।