ताजा अपडेट »

सहकारी छानबिन विशेष समिति कानुनी परामर्शमा, अर्को बैठक १० गते

बुधबार, ०५ असार २०८१, १५ : २५
92 Shares
बुधबार, ०५ असार २०८१
92 Shares

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।  बुधवार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको बताए ।उनले कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको जानकारी दिए ।

बुधबार समितिले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल गरेको हो ।

‘आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग हामीले परामर्श र छलफल गरेका छाँै’, सभापति थापाले भने, ‘कार्यादेशसँग सम्बन्धित विषयहरूमा कतिपय कानुनी अस्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरू पनि सँगसँगै थिए ।’

उनीहरूसँगको छलफलले संविधान, कानुन र अभ्यासहरूले गरेका प्रबन्धका सन्दर्भमा स्पष्टता महसुस भएको सभापति थापाले बताए । समितिले अर्को बैठक असार १० गते बस्ने तय भएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।