ताजा अपडेट »
अटाे माेबाइल

लुयान एस ९० ईलेक्ट्रीक स्कुटर सार्वजनिक, फुल चार्जमा १२० कि.मि.रेन्ज दिने

बुधबार, ०५ असार २०८१, ०९ : ०४
112 Shares
बुधबार, ०५ असार २०८१
112 Shares

काठमाण्डौं । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस९० हालै नेपालमा सार्वजनिक गरेको छ । निक्कै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित एस९० मा २५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ ।अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ ।

२५२० वाट क्षमताको ब्याट्री भएकाले यसले एकपटकको फुलचार्जमा अधिकतम १२० किलोमिटर रेन्ज दिने बताइएको छ । स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएकाले यसले ओरालोमा बे्रक लिँदा आफै ब्याट्री चार्ज हुन्छ ।यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अगाडि र पछाडि दुबै चक्कामा डिस्क बे्रक दिइएको छ ।

६५ किलोमिटर प्रति घण्टाको टप स्पिड भएको यो स्कुटरको ११२ किलोग्राम कुल वजन रहेको छ, यसमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुटस्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।आईपी ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ ।

यसमा एनएफसी सिस्टम भएकाले चावीविना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्न सकिन्छ । यो सुरक्षाको दृष्टिले निक्कै सुरक्षित मानिन्छ ।

यसमा एन्टिथेप्ट अलार्म, ७ इन्चको डिजिटल डिस्प्ले, एलईडी हेड लाइट, डिआरएललगायतका फिचरहरु लोडेड छन् । यसको अधिकतम बिक्री मुल्य २ लाख ६ हजार १ सय रुपैयाँ मात्र कायम गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीले एक्स्चेन्ज तथा फाइनान्सको सुविधा समेत रहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।