ताजा अपडेट »

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ५१ वर्षीय पुरुष पक्राउ

मंगलबार, ०४ असार २०८१, १४ : ४०
224 Shares
मंगलबार, ०४ असार २०८१
224 Shares

धनकुटा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।