ताजा अपडेट »

बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु: डा.अमरेशकुमार सिंह

मंगलबार, ०४ असार २०८१, १३ : २५
72 Shares
मंगलबार, ०४ असार २०८१
72 Shares

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले बजेटले ठूला राजनीतिक दलका नेताको गृह जिल्लामा मात्र विनियोजन गरिएको आरोप लगाउदै बजेट पारित हुने दिनको बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउदै उनले संसदमा आएर बजेटमा गरिएको विभेदप्रति जवाफ दिन्न सभामुखले रुलिङ गर्न माग गरेका थिए ।  उनले भने- 'मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को बर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस् । त्यही क्याबिनेटले पास गरोस् । प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु ।’

उनले प्रधानमन्त्रीको जिल्ला मन्त्रीको जिल्ला, सत्ता समीकरणका दलका नेताको जिल्लामा बजेट धेरै विनियोजन गरिएको बताए । उनले धनुषा र झापामा अर्बौं बजेट विनियोजन गरेको र अर्थमन्त्रीले आफ्नो क्षेत्रमा धेरै बजेट विनियोजन गरेको बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।