ताजा अपडेट »

पू्र्वखोला गाउँपालिकाको जल्पामा मैदान गाउँको पर्यटकीय आधार र सम्भावना विषयक अन्तरक्रिया

मंगलबार, ०४ असार २०८१, ११ : ५२
192 Shares
मंगलबार, ०४ असार २०८१
192 Shares

बुटवल । पू्र्वखोला गाउँपालिका वडा नं।२ जल्पामा मैदान गाउँको पर्यटकीय आधार र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा मैदान गाउँको पर्यटकीय आधार र सम्भावना विषयमा ग्रामीण पर्यटनका जानकार दलबहादुर गुरुङले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

उनले जल्पाको मैदान गाउँमा रहेको घडेरीथुम्का, सिद्वथानलेक, कोतघर, मण्डली बराजु,देवीस्थान,चण्डीस्थापना र भुटीरहको उचित भौतिक विकास गर्दै स्थानीय पञ्चेबाजा र लोकसंस्कृतिको प्रचारप्रसा गर्न सक्ने हो भने वर्षमा हजारौं आन्तरिक एवम् बाह्य पर्यटक भित्रिन सक्ने आफ्नो अवधारणा पत्रमा उल्लेख गरेका थिए । 

साथै उनले छिमेकी गाउँ देवीनगरको भानुमाता,भेजाडाँडा,जल्पाको सत्यवती मन्दिर,मादलेगुफा,ढोलीमारा होमस्टे,चुलीडाँडालाई जोडेर एकीकृत पर्यटनको अवधारणा प्रस्तुत गर्न सके पूर्वखोला गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा नं।२ जल्पाका वडाध्यक्ष निरबहादुर सारुले आफूहरुले आफ्नो वडालाई नमूना पर्यटकीय गन्तव्य बनाउने अभियानमा लागेको बताउँदै कृषि र ग्रामीण पर्यटनमार्फत आफ्नो वडा समृद्ध बन्ने सपना बुनेको समेत बताए । त्यसका लागि गाउँलेहरु एकजुट भई लाग्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा स्थानीय शिक्षाप्रेमी मोहन रखाल, रनवीर बराल , सञ्चारकर्मी माधव पाण्डेय,रीमा सोमै,जगिलाल थापा,कलाकार बेनू थापा,खडकसिह बाह्रघरे लगायतले मैदान गाउँ प्रकृति र संस्कृतिले सम्पन्न गाउँ भएकोले पर्यटन विकास सम्भव भएको बताए । उक्त गाउँमा स्मार्ट कृषि अन्तर्गत बाख्रापालन, अम्रिसोखेती, मौरीपालन र तरकारी खेती भईरहेको छ ।

गाउँलेहरुले मनग्य आर्थिक उपार्जन गरिरहेको स्थानीय शुभसन्देश महिला कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रिका रखालले बताईन्।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।