ताजा अपडेट »

वल्ड स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न

मंगलबार, ०४ असार २०८१, १० : ५८
430 Shares
मंगलबार, ०४ असार २०८१
430 Shares

बुटवल ।  वल्ड स्कुल अफ टुरिजम एण्ड  हस्पिटलाटी म्यानेजमन्ट बुटवलको आयोजना  तथा तिलोत्तमा रक्तदाता समाज र रोट्याक्ट क्लव अफ तिलोत्तमाको सहयोगमा बुटवल १० , कालिकानगर , वल्र्ड  स्कुल परिसरमा  रक्तदान कार्यक्रम  सम्पन्न भएको छ ।

वल्र्ड  स्कुल अफ टुरिजम एण्ड  हस्पिटालिटी म्यानेजमेन्टका  अध्यक्ष  विशाल श्रेष्ठको अध्यक्षता र  रोटयाक्ट क्लब  अफ तिलोत्तमा का अध्यक्ष  असिम ज्ञवालीको संयोजकत्वमा  सम्पन कार्यक्रममा  रक्तदातालाई निःशुल्क परामर्श  सहित चिसो र नास्ताको व्यवस्था  गरिएको  थियो।

मानव जीवनको अत्यन्तै  पुण्य  काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी रक्तदान कार्यक्रम आयोजना गरिएको स्कुलकी व्यवस्थापक श्रीया श्रेष्ठले  बताइन् । कार्यक्रममा ३५ पोइन्ट रगत संकलन गरिएको थियो।

2f9fe26c-1884-4fce-8998-eba1b6147270

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।