ताजा अपडेट »

फेसबुकमा ५००० साथी पुगेपछि नया साथी जोड्न सकिदैन, समाधानका लागि यसरी प्रोफेसनल एकाउन्ट बनाउनुहोस

मंगलबार, ०४ असार २०८१, ०७ : ५५
280 Shares
मंगलबार, ०४ असार २०८१
280 Shares

काठमाडौं । धेरै प्रयोगकर्ताका लागि सामाजिक सञ्जाल फेसबुक नयाँनयाँ मानिसहरूसँग जोडिने माध्यम बनिरहेको हुन्छ । तर साथीको रूपमा जोडिने मामिलामा भने यसमा एउटा सीमितता छ, त्यो हो पाँच हजार बढी साथी बनाउन नमिल्ने ।  यदि तपाईंले कसैलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको छ, तर तपाईंको अकाउन्टमा पाँच हजारभन्दा बढी साथी पुगिसकेपछि मात्र एसेप्ट गर्न खोज्यो भने उसले सक्दैन ।

यस्तोमा फेसबुकमा पाँच हजार साथी पुगेपछि के गर्ने भन्ने  द्विविधा उत्पन्न भइरहेको हुन्छ । यस्तो अवस्थामा के गर्ने भन्ने विषय धेरैलाई थाहा हुँदैन । केही प्रयोगकर्ताले त समानान्तर रूपमा अर्को अकाउन्ट बनाउने अभ्यास गरेको पनि पाइन्छ । आफूले प्रयोग गरिरहेको व्यक्तिगत अकाउन्टलाई नै प्रोफेसनल अकाउन्ट बनाउँदा तपाईंलाई फ्रेन्ड रिक्वेस्ट पठाउनेभन्दा पनि फलो गर्नेहरू हुन्छन् । अर्थात् तपाईंको अकाउन्टमा फलोअरको अप्सन देखिन्छ ।  

त्यसो त फेसबुकले यसअघि फेसबुक अकाउन्टलाई छुट्टै पेज बनाउन सकिने फिचर ल्याएको थियो । तर, फिचरमा क्रमशः परिमार्जन गर्दै जाँदा फेसबुकले व्यक्तिगत अकाउन्टलाई पेज बनाउन दिने सुविधा हटायो । त्यसपछि आएको प्रोफेसनल अकाउन्ट फेसबुक पेज र अकाउन्टको मिश्रित रूप हो । 

फेसबुक अकाउन्टलाई आफ्नो आवश्यकता अनुसार जुनसुकै बेला प्रोफेसनल र सामान्य बनाउन सकिन्छ । विशेषगरी प्रोफेसनल अकाउन्टलाई मनिटाइज गर्न सकिने, पोस्ट बुस्ट गर्न सकिने भएकाले यस्तो अकाउन्ट बनाउन उपयुक्त हुन्छ । सामान्य अकाउन्टभन्दा प्रोफेसनल अकाउन्टलाई फेसबुकले रिकमेन्डेसनमा राख्छ ।अर्थात तपाईंले जस्तो पोस्ट राख्नुभयो, त्यस्तो पोस्ट खोजिरहेका प्रयोगकर्तासम्म उक्त पोस्ट पठाउँछ । त्यसबाहेक कमेन्ट, रियाक्ट वा शेयर गर्दा पनि तुलनात्मक रूपमा प्रोफेसनल अकाउन्टले बढी रिच (पहुँच) पाउँछ । 

व्यक्तिगत अकाउन्टलाई प्रोफेसनल अकाउन्ट बनाउने तरिका

  • सबैभन्दा पहिला फेसबुक एप खोल्नुहोस् ।

  • त्यसपछि माथि दायाँपट्टि देखाइएको तीन ओटा लाइनमा क्लिक गर्नुहोस् ।

  • त्यसपछि आफ्नो प्रोफाइल फोटोमा क्लिक गरेर टाइमलाइनमा जानुहोस् ।

  • अब टाइमलाइनमा एडिट प्रोफाइलसँगै रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।

  • यति गरेपछि तलपट्टि रहेको टर्न अन प्रोफेसनल मोड (Turn on  professional mode) मा क्लिक गर्नुहोस् ।

  • अब तपाईंले प्रोफेसनल मोडको फाइदाबारे लेखिएको पेज देख्न सक्नु हुन्छ । त्यसको मुनी रहेको टर्न अन (Turn on) अप्सनमा क्लिक गर्नुहोस् ।

  • तपाईंले प्रोफाइलमा बायो, कभर फोटो, कन्टेन्ट राख्नुभएको छ भने केही गर्नुपर्दैन । तर, ती भाग पूरा भएका छैनन् भने त्यहाँ देखाइएको अप्सनबाट कभर फोटो राख्नुहोस् ।

  • क्रमशः तलको सेक्सनमा गएर बायो, प्रोफाइल पिक्चर राख्नुहोस् । (यी विकल्पलाई स्किप अर्थात बेवास्ता गर्न पनि पाइन्छ ।)

  • यी सबै प्रक्रिया पूरा गरिसकेपछि केही बेर पर्खिनुहोस् । त्यसपछि फेसबुकलाई क्लियर गरेर पुनः खोल्नुहोस् । यससँगै तपाईंको अकाउन्ट प्रोफेसनल अकाउन्टमा परिणत हुन्छ ।

प्रोफेसनल अकाउन्ट बनाउँदा अन्य व्यक्तिलाई साथी बनाउन सकिन्छ । तर, अरूले तपाईंलाई सोझै फ्रेन्ड रिक्वेस्ट पठाउन भने सक्दैनन् । किनभने तपाईंको टाइमलाइनमा ‘एड फ्रेन्ड’ (Add Friend) को अप्सन नभई ‘फलो’ (Follow) को अप्सन मात्र देखिन्छ । फ्रेन्ड रिक्वेस्ट पठाउनका लागि भने तपाईंको टाइमलाइनमा गई ‘एड फ्रेन्ड’को अप्सन खोज्नु पर्ने हुन्छ । 

फ्रेन्ड फिल्टर !

तपाईंलाई प्रोफेसनल मोड उपयुक्त नलाग्न सक्छ । विशेषगरी व्यक्तिगत प्रयोजनका लागि बनाएको अकाउन्ट सार्वजनिक हुँदा चित्त नबुझ्न सक्छ । यता अकाउन्टमा साथी पनि पाँच हजार पुगिसकेका हुन सक्छन् । त्यसका लागि तपाईंले फ्रेन्ड फिल्टर गर्नुपर्ने हुन्छ ।

कतिपयको अकाउन्ट ह्याक भइसेको हुन सक्छ, जो तपाईंसँग एड भएका हुन सक्छन् । कतिपयले अकाउन्ट डिएक्टिभेट वा डिलिट गरेका हुन सक्छन्, त कसैको मृत्यु भइसकेको हुन सक्छ । यस्ता अकाउन्ट पनि फेसबुकमा फ्रेन्डको रूपमा रहिरहेका हुन्छन् । त्यसैले समय समयमा फ्रेन्ड फिल्टर गरिरहनु पर्छ । तपाईंले नचिनेको वा तपाईंसँग सरोकार नराख्ने व्यक्तिलाई व्यक्तिगत अकाउन्टमा जोडिरहन उपयुक्त हुँदैन ।

त्यस बाहेक अनावश्यक व्यक्तिलाई एड गर्दा अकाउन्ट ह्याक हुने, अनावश्यक गाली वा ट्रोलको शिकार हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले समय समयमा एड भएका अनावश्यक अकाउन्ट हटाउनु पर्ने हुन्छ । अनावश्यक अकाउन्ट हटाउनका लागि सबैभन्दा पहिले फेसबुक खोलेर माथि बारमा भएको फ्रेन्ड्स आइकनमा जानुहोस् । त्यसपछि ‘योर फ्रेन्ड्स’ (Your Friends) को अप्सनमा जानुहोस् ।

अनि त्यहाँ आफूले अनफ्रेन्ड गर्न चाहेका व्यक्तिको अकाउन्टको दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गरेर, अन्तिममा रहेको ‘अनफलो (साथीको नाम)’ (Unfollow (Friend’s Name) को अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि ‘कन्फर्म’ (Confirm) को बटन ट्याप गर्नुहोस् ।

यति गरेपछि उक्त व्यक्ति तपाईंको फ्रेन्ड लिस्टबाट हट्छ ।  #TECHPANA

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।