ताजा अपडेट »

लुम्बिनी प्रदेशले घरबाटै व्यवसायिक फर्म दर्ता गर्ने व्यवस्था मिलाउनेः मन्त्री बस्नेत

सोमबार, ०३ असार २०८१, १७ : १४
118 Shares
सोमबार, ०३ असार २०८१
118 Shares

प्यूठान।आगामी आर्थिक वर्ष २०८१/०८२ देखि घरबाटै व्यवसायीक फर्म दर्ता प्रक्रिया पूरा गर्ने कार्यको व्यवस्था मिलाउने लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले बताए।सोमबार साना तथा घरेलु कार्यलय प्युठानको आयोजना तथा उद्योग बाणिज्य संघ प्युठानको समन्वयमा भएको स्वदेश उत्पादन अभियान  उद्दमी तथा व्यवसायी बिचको अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री बस्नेतले लामो समयदेखी नवीकरण नभएका फर्महरु आगामी वर्ष बिशेष छुट सहित नवीकरण गर्न सकिने बताए।

मन्त्री बस्नेतले ऐतिहासिक तथा धार्मिक पर्यटनकिय क्षेत्रको बिकासमा व्यवसायीले सरकारलाई गाली गर्ने मात्रै नभई सहकार्य गर्दै उद्योग दर्ता,नविकरण र प्याकेजिङ्गलाई कानुनी हिसाबले ख्याल गर्नुपर्ने जोड दिए।आर्थिक अपचलन गरेका सहकारीलाई कार्वाहीको दायरामा ल्याउने बताउदै उदमशिलता मुलक सहकारीलाई प्रवीधी हस्तान्तरण तथा तालिमको व्यवस्था हुने गरि बजेटमा समेटिएको मन्त्री बस्नेतले बताए।

पर्यटनको क्षेत्रमा सरकारले लगानी गरेको त्यसको प्रतिफल प्राप्त गर्न नसकेकोले प्रतिफल सहितको लगानीमा जोड दिने बताउदै उद्योग कार्यालय जिल्ला मै रहेको र आगामी वर्षदेखि पर्यटन र सहकारी हेर्ने कार्यालय प्यूठानमै स्थापना गरिने समेत मन्त्री बस्नेतले उल्लेख गरे।उद्योग र सहकारीहरु दर्ता,संचालन र नियमनको लागि कानुन अभाव रहेको माण्डबी गाउपालिकाका अध्यक्ष नवराज अधिकारीले बताए। संघीयताले तीन तहको सरकार बनाए पनि कतिपय कानुन पुराना भएकोले कानुन बनाउने बाटो खोली दिन उहाले प्रदेश सरकारलाई अनुरोध पनि गरे।

उद्योगि ब्यबसायीहरु निक्कै समस्यामा भएकाले राहत पुग्ने कार्यक्रम प्रदेश सरकारले ठोस रुपमा अघि बढाउनुपर्ने प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताए । अन्तरक्रिया कार्यक्रमका बिशेष अतिथि उहाले जिल्लामा बहुउद्देश्यीय प्रदर्शनी स्थल बनाउने योजना संघले अघि बढाएकोले सहकार्यका लागि प्रदेश सरकारलाइ अनुरोध गरे ।

साना तथा घरेलु कार्यलय प्युठानका कार्यलय प्रमुख सरोज भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रिया सहभागी वक्ताहरूले साना व्यवसायीलाई नितिगत तथा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छ्न।दृस्ठिकोण र सोचमा परिवर्तन गरेर मात्र व्यवसायी हकहितमा लाग्ने वक्ताहरुले जोड दिएका थिए।माण्डव्य गापा उपाध्यक्ष पुर्ण कालाथोकी,उद्योग बाणिज्य संघ पदाधिकारी ,विभिन्न व्यवसायी लगायतको उपस्थित रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।