ताजा अपडेट »

लुम्बिनी प्रदेशका  अण्डर १९ पुरुष भलिवल खेलाडी छनौट

सोमबार, ०३ असार २०८१, १३ : १५
116 Shares
सोमबार, ०३ असार २०८१
116 Shares

बुटवल । लुम्बिनी प्रदेशस्तरीय अण्डर–१९ भलिवल खेलाडी छनोट भएका छन् ।काठमान्डौमा हुन लागेको सहाना प्रधान  प्रतिष्ठानले आयोजना गर्ने लागेको अण्डर १९ पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन लुम्बिनी प्रदेशका पुरुषतर्फका भलिवल खेलाडी छनोट गरिएको हो । 

लुम्बिनी  प्रदेश  भलिबल सँघको आयोजनामा जिल्ला भलिबल संघ रुपन्देही र मणिमुकुन्द भलिबल क्लबको सहयोगमा खेलाडी छनोट कार्यक्रम सम्पन गरेको हो । खेलाडी छनोट कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भलिबल संघका वरिष्ठ  उपाध्यक्ष योग गुरुङले प्रदेसको नाम राख्नेगरी खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे । 
 अण्डर १९ भलिबल खेल प्रतियोगिता लाई अवसरको रुपमा लिएर अनुशासित लगनसिल भएर खेल प्रदेर्शन गरेर आफनो खेल जिवनलाई थप उचाईमा पुराउने मुख्य ठाउ भएकाले एसलाई भरपुर उपयोग र्गन खेलाडीहरुलाई आग्रह गरे । 
खेलकुदले धेरै मानिसको जिवनकालमा परिवतन ल्याउने भन्दै उपाध्यक्ष गुरुङले  प्रतियोगितामा राम्रो खेल प्रदर्शन गरे बिदेशी भुमिमा खेल्ने अवसर समेत रहेको बताएका थिए ।
 मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले  खेलाडीहरुमा  लगनसिल अनुशासित हुनु जरुरी रहेको बताए । अण्डर १९ भलिबल खेल प्रतियोगिताले भलिबल खेल्ने खेलाडीहरुका लागि सुनौलो अवसर रहेको भन्दै लुम्बिनी प्रशदेशबाट भाग लिन जाने खेलाडीले उत्कृष्ट प्रदर्शन गर्र्ने विश्वास व्यक्त गरे । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल जिल्ला भलिबल संघ रुपन्देहीका सदस्य किसन चन्दले खेलाडीहरुलाई  बिजयीको सुभकामना दिएका थिए । प्रतियोगिता ७  प्रदेशका खेलाडीको  सहभागितामा रहने छ । खेल  यही  असार ९ गते देखी १५ गतेसम्म नेपाल भलिबल संघको व्यवस्थापनमा काठमान्डौमा हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।