ताजा अपडेट »

पाल्पामा चट्याङ लागेर ५६ वर्षीय पन्थको मृत्यु

सोमबार, ०३ असार २०८१, १० : ५७
480 Shares
सोमबार, ०३ असार २०८१
480 Shares

बुटवल । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

आइतबार साँझ आफ्नै घरमा बसिरहेको अवस्थामा पन्थलाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।