ताजा अपडेट »

उत्कृष्ट बलिङसहित नेपालले बंगलादेशलाई १०६ रनमा रोक्यो, सन्दीपको १०० विकेट पूरा

सोमबार, ०३ असार २०८१, ०६ : ५६
94 Shares
सोमबार, ०३ असार २०८१
94 Shares

बुटवल । टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ ।

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई १०६ रनमा रोकेका हुन् ।नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट बाँडे ।

सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पुरा गर्ने दोस्रो खेलाडी बने । उनले ५४ म्याचमा सय रन पूरा गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।