ताजा अपडेट »

टी-२० विश्वकप : टस जितेर नेपालले बंगलादेश विरुद्ध फिल्डिङ गर्दै

सोमबार, ०३ असार २०८१, ०५ : १०
178 Shares
सोमबार, ०३ असार २०८१
178 Shares

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्दै छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा बंगलादेशविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट र तेस्रो खेलमा दक्षिण अफ्रिकासंग १ रनले पराजित नेपाल सुपर-८ दौडबाट बहिरिसकेको छ । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो ।

नेपालको प्लेइङ-११  रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, अनिलकुमार शाह, ललित राजवंशी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आसिफ शेख, सोमपाल कामी र सन्दीप जोरा। ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।