ताजा अपडेट »

बुटवलको वेस्टर्न मेघा कलेजमा रक्तदान

आइतबार, ०२ असार २०८१, १६ : ३३
118 Shares
आइतबार, ०२ असार २०८१
118 Shares

बुटवल । वेस्टर्न मेघा कलेज बुटवलमा “रक्तदान– जिवनदान, महादान”  भन्ने मूल नारासहित आईतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल—१५, ढवाहामा अवस्थित कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशभरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिए । कलेजले आफ्नो नैतिक र सामाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीको पठनपाठन सहितका गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।

कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारी लगायत आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा ६० पिन्ट रगत संकल्न भएको थियो । उक्त रक्तदान कार्यक्रम कलेजको अतिरिक्त क्रियाकलाप संयोजक सौगात लामिछाने तथा कल्पना न्यौपानेको संयोजकतामा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।