ताजा अपडेट »

पुँजी र जीवन !

आइतबार, ०२ असार २०८१, १३ : ३४
404 Shares
आइतबार, ०२ असार २०८१
404 Shares

सोभियत संघको विभाजन पछि बनेको एउटा गणराज्यमा राष्ट्रपतिको निर्वाचन हुँदै थियो, त्यो निर्वाचनमा एकजना व्यक्तीले उम्मेद्वारी दर्ता गराए जो अत्यन्तै फेशनेवल थिए । प्रत्येक दिन जसो उनले कमिज बदल्थे, कोटहरु बदल्थे, गाडीहरु पनि उनी महिना महिनामा बदल्थे । 

उनलाई पत्रकारले प्रश्न गर्यो, तपाई यति धेरै नक्कले हुनुहुन्छ ? यस्तो व्यक्तीले जनता लाई के दिन सक्नु हुन्छ ? हाम्रो टिभि मार्फत जनतालाई तपाई के सन्देश दिन चाहानु हुन्छ ? पत्रकारका प्रश्नमा उनले भने कि हेर्नुस महोदय, हामिससँग, जेजती धन सम्पती छ, धनदौलत छ । यो सम्पत्ति हामिले खर्च गर्न सकेनौं, सुविधा लिन जानेनौं भने, यो सम्पती माटो ढुङगो बराबर हुनेछ, आफनो महलमा इटाको चाङ लगाएर तपाई राख्नुहोस वा तपाई रुपियाँको चाङ लगाएर राख्नुहोस ।
त्यसको मुल्य बरावर हुनेछ, ’उनले अगाडि भने कि जनतालाई म यो भन्न चाहान्छु तपाईहरु पनि म जस्तै खर्चीलो, सौखिन बन्नुहोस तपाइको पुँजी आफ्नो जिवन कालमा तपाइको आवश्यकता अनुरुप सुविधा र चाहानामा खर्च गर्नु होस, के उनको भनाइ यथार्थ छ त ? हो! उनको भनाइ यथार्थ छ, किनकि पुँजी सम्बन्धी हाम्रो धारणा गलत छ, हाम्रो सम्पतीलाई हामिले संचीतीको अर्थमा मात्र बुझेका छौं ।

जुन कुरा पुर्ण सत्य होइन, हामिसँग रहेको नगद, जीन्सी घर, खेतवारी, घडेरी सुन चाँदी, बैंकमा रहेको नगद, या अन्य ठाउमा रहेको हाम्रो चल अचल सम्पती  सबै हामिलाई आवश्यक पर्दा खर्च गर्नको लागि ,हाम्रो चाहाना, आवश्यकता रसुविधा किन्नको लागी हुनु पर्दथ्यो, तर त्यो भै रहेको छैन, । हाम्रो, ध्यान, हाम्रो चेतना मात्र सम्पती जोर्नमा केन्द्रित छ । हाम्रो सम्पत्ति छोरा, नाती र पनातीसम्मलाई पुगोस् भन्ने हामि चाहान्छौं, त्यसैले त हामि दुखी छौं, हाम्रो सम्पत्ति सुखको कारण बन्नु पर्दथ्यो । तर हाम्रो सम्पत्ति दुःखको कारण बनेको छ, अरुसंग प्रतिस्पर्धा गर्दै हामिले चार तले घर बनायौँ, आफ्नो पुँजीले पुगेन, बैंकबाट ऋण खोजेउतिर्न सकेनौं, ब्याज थपिदै गएको छ, तर त्यो चार तले घर बेचउ र एकतले घरमा बसौं, सबै ऋण तिरउ भन्दा हाम्रो मनले मान्दैन, हामिलाई इज्जतको डर छ ।

छिमेकीको डर छ, नातागोताको डर छ अरुलाई देखाउन, आफुभन्दा माथिल्लोसंग दाजीन खोज्दा हामि दुःखी हुन गएका छौं, कुरागर्दा मेरा पाँच सात ठाँउमा घडेरीहरु छन् भन्नुहुन्छ तर व्यवहारले थिचेर दुःखी हुनुहुन्छ, त्यो अचल सम्पत्ति बेचेर नगद ल्याउनु होस् ऋण तिर्नुहोस, बचेको पैसा बैंकमा जम्मा गर्नुहोस, आवश्यक पर्दा जुनसुकै वस्तुपनि नगदमा परिणत गर्ने हिम्मत गर्नुहोस ।

पुँजी र जीवनलाई अन्तर सम्बन्धीत बनाउनुहोस, पुँजी भनेको तपाइको जिवनमा खर्च गर्ने वस्तु हो । आज दुनियाँ भरीका मानिसहरु पुँजीको परिभाषालाई न बुझ्दा अत्यन्तै दुखी बनेका छन्, उनको मनस्थिति खल्बलीएको छ, उनीहरु प्रेशरका रोगी बनेका छन् । शुगरका रोगी बनेका छन । चारैतीरबाट उनीहरुलाई रोगले आक्रमण गरेको छ, किनकि उनी तनावमा छन् । सम्पत्तिको चिन्ताले उनलाई ग्रसित बनाएकोछ । चिन्ताले रोगको जन्म गराएको छ, जसका गाडी छन्, जसका महल छन्, जसका उद्योगहरु छन्, जसको करोडौं रकम बैंकमा जम्मा छ आजत्यो व्यक्तीनै सबै भन्दा वढी तनावमा छ र रोगी पनि छ ।

तथ्याङ्कमा हेर्याै भने हामिले पाउने छौँ कि संसारमा धनी व्यक्तिभन्दा गरिब व्यक्ती कम तनावमा भेटिनेछ । किनकि उसलाई हजारौं चिन्ताले पिरोली रहेको हुँदैन् । अब हामि सुखी र निरोगी रहनको लागि पुँजी प्रतिको हाम्रो सोच र चिन्तनलाई बदल्न जरूरी छ । हामीसँग पाँच तलाको घर छ, त्यो घरका सबै तला हामिलाई   आवश्यक छैन् । एउटा तलाको एउटा कोठाको, एउटा पलङ्गको एक हिस्सा मात्र हामिलाई आवश्यक हो । हामिसँंग दुई चार थान गाडी हुन सक्दछन् तर सबै गाडी हामिलाई आवश्यक छैन् । एउटा गाडीको एकसिट मात्र हामीलाई आवश्यक छ, हाम्रो दराजमा दर्जनौं कपडा छन् ।

ती मध्ये एकसरो कपडा मात्र हामि प्रयोग गर्दछौं, शहर शहरमा भएका तपाइको सम्पत्तिको के महत्व, जव तपाइ आफ्नै लागि आफुलाई आवश्यक परेको बखत खर्च गर्न सक्नु हुँदैन भने सम्पती सुखको– कारण हुन्थ्यो भने आज विश्वका धनाड्यहरु स्वस्थ र निरोगी हुने गर्दथे, सत्य कुरा यो होकी सम्पतीले मात्र मानवजीवनमा खुसीयाली र सन्तुष्टि दिन सक्दैन,आज समाजमा र परिवारमा जेजती अन्तरविरोधहरु देखापरेका छ्न । ती अन्तर विरोधको कारण आज अधिक पुँजीको चाहानाले नै हो । आज भाइ भाइको विचमा झगडा छ, बाबु छोराको विचमा वेमेल छ । पाटनर पाटनरको विचमा काटाकाट छ । दिदी बहिनिको विचमा वोली बाराबार छ, साथि साथिको विचमा मन मुटाव छ, मन्त्रीहरु जेल परेका छन् । हाकिमहरू समातीएका छन्,किन ?

किनकि अत्यधिक पुँजी संकलन गर्ने होडवाजीमा । चार विगाहाको मालिक छ,र त्यो मानिस गाँउमा सबैभन्दा दुखि छ, किनकि उसले पुँजीको महत्व बुझेन, उसले आफ्नो आवश्यकतामा दुई चार कठ्ठा जमिन घटाउन चाहेन, समाजमा हामिले थुप्रै व्यक्ति देखेका छौं । हिसाव गर्दा उसको करोड भन्दा माथिको सम्पती छ, तर दशलाख रुपियाँको ऋणले उ छटपटीएकोछ, दःुखी छ, उसको प्रेशर बढेको छ । तर अचल सम्पति कम गरौं र यो ऋण तिरौं भन्नेतिर ऊ जान चाहान्न, यस्तै चिन्तन आज लाखाँैमा छ र ती मानिसहरू अत्यन्तै दुखी छ्न।

महानुभावहरु । पुँजी प्रतिको धारणा बदलौं, हामि सबैलाइ थाहा छ कि मरणोपरान्त हाम्रो पुँजी, हामिसँग साथमा जाँदैन, घाटमा पुगे पछि चितामा राख्ने बेलामा तपाइको नगद, तपाइको घडी, तपाइको सुन चाँदी, सबै झिकिने छ र तपाइलाई  नाङ्गै जलाइने छ । तपाइले आफ्नो जिवन कालमा तपाइका इच्छा, चाहानार आवश्यकता अनुरूप तपाइको सम्पत्ति खर्च गर्न सक्नु भएन भने त्यो सम्पत्तिको के महत्व छ ? अर्घाखाँची हंशपुरका एकजना दाजु विमार भएछन्, डाक्टरले  अप्रेशनको लागि पाँच लाख खर्च हुने कुरा बताएका रहेछन्। उनले हिम्मत गरेनन्, रोगसंग लडी रहे, अन्तमा उनको मृत्यु भयो ।  पछि उनको बाकसमा बिस लाख नगद छोराहरूको हात पर्यो, आफुलाई आवश्यकता पर्दा उनले आफ्नै पुँजी खर्च गर्न सकेनन ,यो एउटा उदाहरण मात्र हो । यो चेतना हामि कैयौंमा विद्यमान छ ।

आज कैयौं मानिसहरु सम्पत्ति भएरपनी खर्च गर्न सकिरहेका छैनन्, सम्पत्ति भएरपनी आफ्नै उपचार गर्न सकिरहेका छैनन । सम्पत्ति भएर पनि आफ्ना इच्छा ,चाहाना र आकांछाहरुमा लगाम लगाएका छन् । करौडौंको अचल सम्पत्ति हुनेहरु पनि चल सम्पती नभएर मनोरोगको सिकार बनेकाछन ,सम्पत्ति छ तर नगद छैन् । सम्पत्ति छ तर बैंकको किस्ता चलेको छैन । सम्पत्ति छ तर उपचार गर्न नगद छैन, यो आजको अन्तर विरोध हो, यो हाम्रो चेतनाले निम्ताएको अन्तरविरोध हो ।

तपाई सुखि बन्नको लागि सम्पत्ति बढाउने  होइन कि सम्पत्तिलाई आफ्ना आवश्यकतामा खर्च गर्ने सोचको  विकास गर्न जरुरी छ, हामीसँग चार ताले घर छ । हामिलाई आवश्यकबता पर्यो भने, त्यो घर बेचौं ,एक तले घरमा बसौं, हामिलाई आवश्यकता पर्यो, काठमाण्डौको घडेरी बेचौं, ऋण तिरौंआफ्नो आवस्यकतामा खर्च गरौं, ऋण लाग्यो, गाडी घोडा छन्, तिनलाई बेचौं, ऋण मुक्त बनौं । तपाइलाई आवश्यकता पर्यो, भने बजार मुल्यमा तपाइको प्रोपर्टीको नब्वेलाख पर्छ भने दश पन्ध्र प्रतिशत घटाएर बिक्रि गरौं र हाम्रा आर्थिक समस्या समाधान गरौं ।  तनावमुक्त जीवन वाच्ने, आनन्दको जीवन जिउने बाटो रोजौ, पुँजीप्रतिको अत्याधिक मोह नै हाम्रो समस्याको कारण हो । अत्याधिक मोहले हामीलाई विनाशतिर लैजान्छ ।

जसरी महाभारत कथाका एकजना पात्र गुरू दोर्णाचायलाई पुत्र प्रतिकोअत्यधिक मोहका कारण उनको ज्यान गएको थियो।  ठिक त्यसरी नै हाम्रो पुँजी प्रतिको अत्याधिक मोहले गर्दा हामि दुखि बनेका छौं । रोगी बनेका छौं, धेरै थरी औषधी सेवन गरेका छौ ।  तर, हाम्रो रोग हामिलाई छाडेर गएकै छैन। हामि रोगमुक्त हुनको लागि हामि तनाव मुक्त हुन जरुरी छ ।  पुँजी प्रतिको धारणाको बारेमा पुरानोकथाको स्मरण  गरौं । 
अयोध्यावासी दशरथपुत्र श्रीरामजीलाइ पैसाको खाँचो पर्यो, उनले आफ्नो भाई लक्ष्मणलाई कुबेरको दरवारमा पैसा माग्न जानको लागि आदेश गरे, भाइ लक्ष्मण घोडाको वग्गिमा चढेर कुबेरको दरवारमा जाँदा कुबेर आफ्नो आगनमा तोरीका दाना टिपी रहेका रहेछन् ।

यो दृष्य देखे पछि– लक्ष्मणको मनमा यस्तो तोरीको दाना टिप्नेसंग पनिके पैसाको कुरा गर्नु ? भनेर कुरै नगरी उनी फर्कदै गर्दा बाटोमा उनको बग्गी हिलोमा फस्यो, निस्कन सकेन, कुबेरको दरबार जाँदै गरेका मानिसले कुवेर संग यो कुराको जानकारी गराए ।  कुबेर तुरुन्तै दशबोरा तोरी लोड गरेर त्यो ठाउमा आए जहा बग्गी फसेको थियो, उनले त्यो तोरी सबै हिलोको दलदलमा खन्याइदिए हिलोबाट वग्गी बाहिर निस्क्यो, यो घटनाबाट लक्ष्मणको चेतना खुल्यो । उनले बुझे कि कमाउने ठाउँ रखर्च गर्ने ठाउ अलग अलग हुदा रहेछन्, जँहा नोक्सान भएको थियो त्यँहा उनले दानासम्म टिपे ।

जहाँ अवस्था–कता थियो, त्यँहा उनले दशवोरा तोरी खन्याइ दिए, यो दृष्टान्तबाट   हामिले के शिक्षा लिन पर्दछ भने सम्पत्ति आवश्यकता परेको ठाउमा खर्च गर्नसक्नु पर्दछ। सम्पत्ति नभएर दुःख पाउनु एउटा कुरा हो । तर, सम्पत्ति भएर पनि खर्च गर्न नसकेर दुःख पाउनु भिन्दै कुरा हो । त्यसैले हामि सबैले हाम्रो सोचमा परिवर्तन गरौं । अचल पुँजीलाई चलमा वदलाँै । आवश्यकतामा खर्च गरौं, हाम्रा चाहाना र आकाङ्क्षा पुरा गरौं । दुखी नबनौ, तनावको व्यवस्थापन गरौं,सुखी बनौं, निरोगी बनौं । शुभ दिन शुभ रहोस।
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार