ताजा अपडेट »

गण्डकी प्रदेशको आगामी बजेट ३३ अर्ब (पूर्णपाठ)

शनिबार, ०१ असार २०८१, १९ : ०३
96 Shares
शनिबार, ०१ असार २०८१
96 Shares

बुटवल । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१र०८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले  चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८५ करोडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०र०८१ को बजेट ३३ अर्ब ८२ करोड थियो ।

आगामी आर्थिक वर्षको लागि चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार अर्थात कुल विनियोजनको ३९.९१ प्रतिशत बजेट ल्याएएको छ । पूँजिगत तर्फ १९ अर्व ५१ करोड ७९ लाख ९३ हजार अर्थात कुल विनियोजनको ५९.१९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ करोड अर्थात कुल विनियोजनको ०.९० प्रतिशत रकम विनियोजित गरेको अर्थमन्त्री गुरुङले जानकारी दिए । सो रकम मध्य आगामी आर्थिक वर्ष १ करोड ७६ लाख ११ हजार प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरिएको छ ।

यसैगरी आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्व ६३ करोड ८८ लाख, राजस्व बाँडफौटबाट ९ अर्व ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्व १० करोड ११ लाख, समपूरक अनुदानतर्फ १ अर्थ १९ करोड र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान गरिएको छ । प्रदेशको राजस्व परिचालनवाट आन्तरिक राजस्व ५ अर्व १७ करोड प्राप्त हुने अनुमान गरिएको छ । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्व ९४ करोड नगद मौज्दात बचत हुने अनुमान गरिएको छ । यसरी न्यून हुने रकम मध्ये १ अर्व ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइने बताइएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।