ताजा अपडेट »
आईसीसी टी- २० क्रिकेट २०२४

आईसीसी टी-२० क्रिकेट: दक्षिण अफ्रिकासँगको खेलपछि नेपाली क्रिकेट बारे के भन्छन विश्व क्रिकेटका हस्तिहरु ?

शनिबार, ०१ असार २०८१, १४ : १८
1.08K Shares
शनिबार, ०१ असार २०८१
1.08K Shares

बुटवल । आईसीसी टी- २० क्रिकेट २०२४ को आज सम्मपन्न नेपाल तथा द.अफ्रिका बिचको खेल १ रले नेपालले गुमाएता पनि क्रिकेटको दुनियामा यादगार छाप छोड्न सफल भएको छ । निकै रोमाञ्चक भिडन्तमा टस जितेर बलिङ पहिले रोजेको नेपालले निर्धारित २० ओभरमा द.अफ्रिकालाई ११५ रनमा रोक्न सफल भएको थियो । नेपालका तर्फबाट कुशल भुर्तेतलले ४ तथा दिपेन्द्र सिह अ‍ैरीले ३ बिकेट लिएका थिए । 

जवाफी व्याटिङमा कुसल भुर्तेल र आरिफ सेखलाई ओपनिङ जोडीका रुपमा उतारेको नेपालले सम्हालिएर ब्याटीङ गर्दे पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई आठौ ओभरको दोश्रो बलमा गुमाएको थियो भने कप्तान रोहीत पौडेललाई सोही ओभरमा ० रनमा गुमाउन पुगेको थियो ।

निर्धारित २० ओभर खेल खेल्दा नेपालले ६ बिकेट गुमायो,  अन्तिम बलमा जितका लागि २ रनको आवश्यक थियो २ रनका लागि क्रिजमा रहेका गुलसन झा र सोमपाल कामीले अन्तिम बलको सामना गर्दै जितका लागि आवश्यक २ रन लिनेक्रममा गुलसन झा रनआउट हुन पुग्दा नेपाल जित नजिक पुगेर ऐतिहासिक अवसर बनाउनबाट चुक्यो ।

अघिल्लो खेलहरुमा भिषा समस्याका कारण सन्दीप लामिछाने बिना खेलेको टिमले यस पटक सन्दीपसहित मैदानमा उत्रदा मनोबल उच्च थियो । सन्दीपले पनि आफ्नो पूरा ४ ओभर खेल्दै कसिलो बलिङका साथ बिना विकेट १८ रन मात्र दिए । उनलो बलमा द.अफ्रिकी बलरहरु खुलेर खेल्न सकेनन् । जसका कारण अन्य बलरकासामू जोखिम लिएर ठूला सट खैल्नूपर्दा दणिक्ष अफ्रिकाले विकेट गुमाउँदै गयो ।
 
धेरैपटक विश्वकप खेलीसकेको दक्षिण अफ्रिका बिरुद्ध एसोसियट राष्ट्र नेपालको यो जुझारु प्रर्दशनले क्रिकेट दुनियाको ध्याान भने आकर्षित गरेको छ । खेल सकिनासाथ विश्व किर्केटका महारथिहरुले नेपाली खेलाडी र प्रर्दशनको तारीफ गर्दे लेखेका छन ।

कसले के भन्यो नेपालको प्रर्दशनमाः

भारतिय पूर्व क्रिकेटर संजय मन्जेरकरले “नेपाल अर्को दस वर्षमा हेर्न लाएक टिम हो ” भनेर लेखेका छन ।    
आईपिएलको टोली मुम्बई ईण्डिन्सले “धेरै नजिक, राम्रो खेल,  आफ्ना प्रसंसकहरुलाई गर्व गर्नलायक बनायौं र मनोरञ्जन दियौ । राम्रो लड्यौ ।” भनेका छन ।
आईपिएलको टोली चेन्नई सुपर किङसले “नेपाल तिमीले साच्चै हाम्रो मन जित्यौं,  अनरीयल फ्यान सपोर्ट, अनरीयल गेम, अनरीयल नाईट ।” भन्दै लेखेको छ ।
आईपिएलको टोली देल्ली क्यापीटल्स्ले “नेपाली क्रिकेट टिम, गर्व छ तिमीमा” भनेर लेखेको छ ।

Untitled-1

आईपिएलको टोली राजस्थान रोयल्स्ले क्रिकेट नेपाललाई मेन्सन गर्दै “विश्व साच्चैनै संघर्षको गर्व गर्दछ ” भनि लेखेको छ । 
भारतिय पत्रकार ताथा क्रिकेट कमेन्टेटर हर्ष भोघलेले “आफ्नो शिर उचो राख नेपाल, त्यो दषिण अफ्रिका थियो जसलाई तिमीले झण्डै हरायौ । तिमीसंग केही खास त्यस्ता फ्यानहरु छन र तिनीहरुको विश्वास बढायौं । आशा छ, ठुला दिनहरु गोलो कुना भित्र आउदैछन” भनेर लेखेका छन ।
भारतिय लेखक तथा क्रिकेट इतिहासबिद अभिशेक मुखर्जीले सामाजिक संजालमा “नेपाल २०२६मा बल्डकपमा फेरी फर्कने छ” भनेर लेखेका छन ।
भारतिय टिभी च्यानल आजतक स्पोर्टस एडीटर बिक्रान्त गुप्ताले “ कस्तो खेल, १ रनको निर्कै कम मार्जिनले खेल गुमायौ । वैल प्लेड ब्वायज ” भनेर लेखेका छन । 
बेलायी पूर्व क्रिकेटर तथा कमेन्टेटर एलन विल्किन्सले “क्रिकेटको अदभुत खेल भन्दै, नेपालको पक्षमा रहेको रात, खेल द.अफ्रिकाले १ रनले जित्यो । नेपालले आफ्नो इज्जत क्रिकेटको दुनियानज बढायो ।” भनेका छन ।

 

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।