ताजा अपडेट »

रक्तदान कार्यक्रमको ३८ ओैं श्रृङखला सम्पन्न

शनिबार, ०१ असार २०८१, १० : ४७
170 Shares
शनिबार, ०१ असार २०८१
170 Shares

तिलोत्तमा।  नेपाल स्वयंसेवी रक्त दाता समाज तिलोत्तमा शाखाको नियमित रक्तदान कार्यक्रमको ३८ ओैं श्रृङखला तथा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा सञ्चालित हाम्रो कपाल काट्ने पसलमा रक्तदातालाई निशुल्क कपाल काट्ने कार्यक्रम  तिलोत्तमा नगरपालिका वडा नंं. २ याेगिकुटीमा सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गोविन्द भुसालको अध्यक्षता र सह कोषाध्यक्ष  सम्झना न्यौपानेको संयोजकत्वमा  सम्पन कार्यक्रममा  हाम्रो  कपाल काट्ने पसलमा रक्तदातालाई निशुल्क कपाल काट्ने व्यवस्था  सहित चिसो र नास्ताको व्यवस्था  गरिएको  थियो।

मानव जीवनको अत्यन्तै  पुण्य  काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी यो संस्थाले  नियमित रुपमा रक्तदान गर्दै आज ३८ ओँ श्रृङखला  आइपुग्दा तीन हजार भन्दा बढीले रक्तदान गरेको संस्थाका सदस्य  शंकर गौतमले बताए । यो शाखाले रुपन्देहीको  उत्कृष्ट  शाखाको पुरस्कार  समेत पाउन सफल भएको छ ।

कार्यक्रममा  सल्लाहकार राजेन्द्र कुँवर, अर्जुन पौडेल लगायतले रक्तदान अभियानको सफलताको  शुभकामना व्यक्त गर्नुभयो। ३८ ओँ श्रृङखला मा ५० जनाले रक्तदान समेत गरेका थिए ।  कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सागर पाठकले गरेका थिए ।

IMG-20240615-WA0004

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।