ताजा अपडेट »

टी-२० विश्वकप : दक्षिण अफ्रिका बिरुद्ध नेपलको उत्कृष्ट बलिङ, नेपाललाई १ सय १६ रनको लक्ष

शनिबार, ०१ असार २०८१, ०७ : ०६
170 Shares
शनिबार, ०१ असार २०८१
170 Shares

काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।

टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

दक्षिण अफ्रिकासामु नेपालका स्पिनरले कसिलो बलिङ गरे । बलिङमा नेपालका लागि कुशल भुर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका कुशल्ले १९ रन खर्चेर ४ र दीपेन्द्रले २१ रन खर्चेर ३ विकेट लिए ।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।