ताजा अपडेट »

काँग्रेस सांसद बजगाईंको संसदमै ‘भट्टी’ खोल्ने सुझाव !

शुक्रबार, ३२ जेठ २०८१, १७ : ५०
148 Shares
शुक्रबार, ३२ जेठ २०८१
148 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ (भट्टी) बनाउनुपर्ने सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद बजगाईले बनिरहेको संसद् भवनमा 'बार' निर्माण गर्न सुझाव दिएका हुन् ।

उनले भने- 'अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको ।' उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको बताएका थिए ।

‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस र सिनेटको अफिस घुम्न जाँदा (देखेअनुसार) सिनेटमा आतिथ्यता गर्न जाने पाहुनाका लागि बार बनाइँदो रहेछ । डेमोक्रेट, रिपब्लिकन्स (सबै)ले आफ्नो बारमा सोसियलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । लन्डन स्कूल अफ इकोनोमिक्सको क्यान्टिनमा पनि बार रहेछ,’ सांसद् बजगाईंले भने, ‘सम्माननीय सभामुख महोदय, बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसियलाइजेसन गर्न बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु । यो पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ ।’ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।