ताजा अपडेट »

दक्षिण अफ्रिकासँग भोलि हुने खेलका लागि नेपाली टोली अभ्यास गर्दै (फोटो फिचर)

शुक्रबार, ३२ जेठ २०८१, १४ : १३
124 Shares
शुक्रबार, ३२ जेठ २०८१
124 Shares

बुटवल । आइसिसी टि ट्वान्टी विश्वकपको समूह चरणको‌ आफ्ना अन्तिम २ का लागि बिहीबार सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोली स्पिनर सन्दीप लामिछाने सहित अभ्यास गरेको छ।

FB_IMG_1718352868846

दक्षिण अफ्रिकासँग शुक्रबार स्थानीय समय अनुसार साँझ ७:३० बजे (नेपाली समय अनुसार शनिबार बिहान (५:१५ बजे) खेल‌ हुने मैदान आर्नस भेलमा बिहीबार साँझ ६:१५ बजेबाट अभ्यास सुरु गरेको छ।

FB_IMG_1718352862412

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीपले पछिल्लो केहि महिनाअघि प्रतिस्पर्धात्मक क्रिकेट नखेले पनि उनको खास फरक नपर्ने बताएका छन् । ‘सन्दीप दाई लामो समयदेखि व्यवसायिक क्रिकेट खेलिराख्नु‌ भएको छ । त्यसैले केहि‌ समय नखेलेर फरक‌ पर्दैन,’ रोहितले प्रि म्याच कन्फ्रेन्समा भने ।

FB_IMG_1718352855713

रोहितले बाँकी २ खेलमा राम्रो खेलेर अघि बढ्ने सम्भावना रहेको उल्लेख गर्दै भने,’ दक्षिण अफ्रिकासँग हामी पहिलो पटक खेल्दैछौं। उनीहरूलाई‌ कम स्कोरमा रोकेर चेज गर्ने लक्ष्यसहित उत्रनेछौं।’

FB_IMG_1718352811279

दक्षिण अफ्रिकाका बलर कागिसा रबाडाले सन्दीप अनुमान गर्न नसकिने उत्कृष्ट स्पिनर रहेको जनाउँदै आफूहरुले खेल्ने कुनै‌ टोलीलाई कमजोरी नठान्ने बताए। सन् २०१७/१८ मा सन्दीप र रबाडा आइपिएल टोली दिल्लीमा थिए।

FB_IMG_1718352783499

बलात्कार मुद्दामा सन्दीपलाई उच्च अदालत पाटनले गत महिना सफाई दिएपछि क्यानले निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप टोलीमा‌ समावेश गरेको थियो।

FB_IMG_1718352773231

प्रतिश जिसीलाई हटाउँदै उनको ठाँउमा सन्दीपलाई १४ मा राखिएको छ। उनी दक्षिण अफ्रिकाको प्लेइङ ११ मा पर्ने सम्भावना छ। नेपालले सुपर ८ पुग्नका‌ लागि अन्तिम २ खेल जित्नै पर्ने हुन्छ।

FB_IMG_1718352822699

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।