ताजा अपडेट »

अग्रहरी समाज नेपालद्वारा रक्तदान

विहीबार, ३१ जेठ २०८१, १६ : ०८
196 Shares
विहीबार, ३१ जेठ २०८१
196 Shares

बुटवल । गर्मी बढेसँगै बुटवलमा रगतको कमी हुन थालेको छ । रक्तसंञ्चार सेवाकेन्द्र बुटवलका अनुसार गर्मी समयका कारण बिभिन्न संघ, सस्था, क्लवबाट रक्तदान गर्ने कार्य कम हुन थालेपछि रगतको कमी हुन थालेको हो ।

यसैबीच राष्ट्रिय अग्रहरी समाज नेपाल नगर समिती बुटवलले रगतको अभावलाई केही कमी गर्ने उद्देश्यका साथ बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संकलीत ४७ प्वाइट रगत रक्तसंञ्चार सेवाकेन्द्र बुटवललाई  हस्तान्त्रण गरेको छ । संस्थाका राष्ट्रिय अध्यक्ष डा. योगेन्द्र अग्रहरीले बिभिन्न समयमा समाजमा मानवीय सेवा तथा धार्मीक कार्य गर्दै आएको संस्थाले बुटवलमा रगत अभाव हुन नदिन बृहत रक्तदान कार्यक्रम गरेको जानकारी दिए ।

नेपाल स्वयंमसेबी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले पछिल्लो समय रक्तदान गर्नेको संख्या बढ्दै गएपनि गर्मीका  कारण बिभिन्न अस्पतालमा बिरामी बढेकाले रगतको केही कमी भएको बताउछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।