ताजा अपडेट »

ठेक्कापट्टामा लगाएर सेनालाई महत्वकांक्षी बनाउँदा गणतन्त्रमा संकट आउन सक्छ : गुरुङ

बुधबार, ३० जेठ २०८१, १४ : ३४
106 Shares
बुधबार, ३० जेठ २०८१
106 Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेनाजस्तो संवेदनशील अंगलाई व्यापार–व्यवसाय र ठेक्कापट्टामा लगाउँदा गणतन्त्रमाथि नै संकट आउन सक्ने टिप्पणी गरेका छन् । विनियोजन विधेयकअन्तर्गत रक्षा मन्त्रालयमा विनियोजित बजेटमाथि बुधवार प्रतिनिधिसभामा भएको छलफलमा गुरुङले सुरक्षा संवेदनशील अंगलाई ठेक्कापट्टामा सामेल गर्न नहुने बताएका हुन् ।

सेना महत्वाकांक्षी बन्दा विभिन्न देशमा लोकतन्त्र संकटमा परेको स्मरण गराउँदै उनले भने–‘नेपालको राजनीतिक पार्टीहरू त्यस्तो संवेदनशील अंग सेनालाई हामी व्यापार गर्न र ठेकापट्टा गर्न दिन्छौँ । सुरक्षा संवेदनशीताको हिसाबले यो कतिको जायज हो, कसैले मुख खोल्न सक्दैनन्,’ उनले संसदमा भने, ‘त्यो चिज धेरै महत्वाकांक्षी बन्यो भने हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि संकट आउन सक्छ । विभिन्न देशको घटना हेर्दा संकट पैदा भएको देखेको छैन रु हामीले देखेका छौ नि !’

नेपाली सेनाले अहिलेसम्म गरेको काम राम्रो रहेको भएपनि त्यसमा अझै लोकतान्त्रीकरण र सुधार जरुरी भएको उनले बताए । ‘अहिले उसको काम राम्रो होला, अहिलेसम्म इन्टिग्रिटी भएको संस्था सेना भनेका छौं । सेनालाई अझै आधुनिक र पेशागत रूपमा सक्षम संस्था बनाउन जरुरी छ, त्यहाँ भित्रका धेरै कुरा लोकतान्त्रीकरण हुन सकेको छैन । सेनाभित्र अझै गणतन्त्र आएको छैन भन्ने लाग्छ । यसको लागि रक्षाले नीति बनाउनु पर्छ,’ सांसद गुरुङले भने ।  

काठमाडौं-तराई फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको सेनालाई ठेक्कापट्टामा लगाइएको भन्दै अन्य सांसदहरूले पनि विरोध जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।