ताजा अपडेट »

उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित

बुधबार, ३० जेठ २०८१, १३ : ३३
180 Shares
बुधबार, ३० जेठ २०८१
180 Shares

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहेका छन् । अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।