ताजा अपडेट »

स्वर्गद्वारी मन्दिरको भेटी चोर्ने व्यक्ति पक्राउ

बुधबार, ३० जेठ २०८१, १२ : ५६
1.42K Shares
बुधबार, ३० जेठ २०८१
1.42K Shares

बुटवल । प्यूठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित स्वर्गद्वारी मन्दिरमा भेटी चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी ढाका थानाका २५ वर्षीय आनन्द कुमार रहेका छन् ।

मन्दिर परिसरमा रहेको गुफा (गुप्ती सार) मा दर्शनार्थीले चढाएको दान पेटीबाट रकम चोरी गर्दै गरेको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गएको आइतबार साँझ करिब ७ बजेको समयमा चोरी गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए । पक्राउ परेका व्यक्तिलाई चोरी सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।