ताजा अपडेट »

वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्द हुँदा एक/एक अंक बाडे

बुधबार, ३० जेठ २०८१, ०८ : ३९
52 Shares
बुधबार, ३० जेठ २०८१
52 Shares

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।

विश्वकपमा नेपालले दुई खेलमा एक अङ्क जोडेको छ भने तीन खेलबाट श्रीलङ्काको पनि समान एक अङ्क नै छ । नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विश्वकपको समूह ‘डी’ मा रहेको  दक्षिण अफ्रिका तीन खेलमा ६ अङ्कका साथ सुपर आठमा प्रवेश गरिसकेको छ । बङ्गलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई-दुई अङ्क नै छ ।

नेपालले अब वेस्टइन्डिजमा यही जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।