ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा बस दुर्घटना, ४३ जना घाइते

बुधबार, ३० जेठ २०८१, ०८ : २४
3.69K Shares
बुधबार, ३० जेठ २०८१
3.69K Shares

बुटवल । रूपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले बताए। घाइतेलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा बुधबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ।

बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।