ताजा अपडेट »

बुटवलमा ड्रिम्स एजुकेशनले मँगलबार ‘युके युनिभर्सिटी एड्मिसन डे’ आयोजना गर्ने

सोमबार, २८ जेठ २०८१, ११ : ५७
170 Shares
सोमबार, २८ जेठ २०८१
170 Shares

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई विगत २१ वर्षदेखि परामर्श सेवा सञ्चालन गर्दै आएको रियल ड्रिम एजुकेशन कन्सल्टेन्सीले मँगलबार बुटवलमा ‘युके युनिभर्सिटी एड्मिशन डे’ आयेजना गर्ने भएको छ । बृटिस एजुकेसनलाई प्रमोट गर्ने गरि युके स्पेशलिष्ट एजुकेसन सेवा दिँदै आएको रियल ड्रिम्स्ले युके (लण्डन) मा अध्ययन गर्ने विद्यार्थीहरुमा सेवा दिदैं आएको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रही बुटवलमा विगत आठ वर्षदेखि सेवा दिँदै आएको कन्सल्टेन्सीले बुटवलको कालिकानगरमा अवस्थित आफ्नै कार्यालयमा  ‘एडमिसन डे’ आयोजना गर्ने भएको हो । यस कार्यक्रममा युकेको चर्चित विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहने रियल ड्रिम्सका म्यानेजिङ्ग डाईरेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

उनका अनुसार ‘एड्मिसन डे’मा युकेको योर्क सेन्टजोहन युनिभर्सिटी, युनिभर्सिटी अफ वर्सेस्टर, युनिभर्सिटी अफ इस्ट लण्डन, युनिभर्सिटी अफ क्रियटिभ आर्ट र युनिभर्सिटी कलेज बर्मिङ्घम अन्तरगतका विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

यसैगरि अन्य विश्वका विभिन्न देशमा ४२ वटा विश्वविद्यालयसंग आवद्ध रहेको समेत पौडेलले जानकारी दिए । काठमाडौं, चितवन, बुटवल र अस्ट्रेलियामा समेत शाखा रहेको रियलको २९ गते अब आउँदो सेप्टेम्बर ईनटेक बारे, भिसा र कोर्षको नयाँ अपडेट जानकारी दिईने बताए । ‘विशेष ईभेन्टमा कोर्षका बारेमा जानकारी, अभिभावकहरु प्रक्रिया र विश्वविद्यालय छनौटमा प्रत्यक्ष सहभागी हुन पाउने उनले बताए । ‘हामीले २ सय विद्यार्थी आउने आकलन गरेका छौ ।’–पौडेलले भने ।

सेप्टेबर र जनवरी दुई ईन्टेकमा जानेमा अँग्रेजीमा राम्रो र तयारी गरेर मात्र पठाउन जरुरी रहने उनले बताए । ‘नेपालका केही कन्सल्टेन्सीले ३ महिनाको, ६ महिनाको ट्युसन फि तिर्न लगाएर युके पठाएको देखिन्छ ।’, उनले भने, ‘त्यो गतल हो । युके अध्ययनका लागि जाने देश हो । त्यहाँ ब्याचलर गर्न जाने हो भने एक वर्षको ट्युसन फि र मास्टर गर्न जाने हो भने पुरै ट्युसन फि पठाउन लगाउनुपर्छ । नत्र विद्यार्थीले धेरै दुःख पाउँछन् ।’

रियल ड्रिम्सले आइतबार काठमाडौंको पुतलीसडकस्थित आफ्नै कार्यालयमा ‘युके युनिभर्सिटी एडमिसन डे’ सम्पन्न गरेको छ भने जु १३ पोखरा र जुन १५ चितवनमा एडमिसन डे हुने जनाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।