ताजा अपडेट »

गुल्मीको रैदीमा जिप दुर्घटना, दुई जना घाईते

सोमबार, २८ जेठ २०८१, ११ : ००
156 Shares
सोमबार, २८ जेठ २०८१
156 Shares

गुल्मी । सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगर्पालिका रैदीमा सोमबार विहान सवारी दुर्घटना   हुँदा दुई जना घाइते भएका छ्न् । पश्चिम गुल्मीको इस्मा नयाँपोखराबाट तम्घास आउँदै गरेको  ग २ च ९८६ नम्बरको डवल क्याप जिप र तम्घासबाट विपरित दिशातर्फ जाँदै गरेको लु १ क ४८७६ नम्बरको टिप्पर आपसमा ठोक्किदा चालकसहित दुई जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  
 
जिप चालक ३० वर्षीय हरि कुंवर र इस्मा गाउँ पालिका–१ जुकेपानीकी  ५६ वर्षीया मनकला  घर्ति घाईते भएका छ्न । उनीहरुलाई गुल्मी अस्पतालमा उपचार गराई रहेको र उनीहरुको अवस्थामा मध्येम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शंकर पोख्रेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।