ताजा अपडेट »
टि २० विश्वकप क्रिकेट

सन्दिप लामिछाने बिश्वकप खेल्न वेष्टईन्डिजमा, सबैलाई दिए धन्यवाद

सोमबार, २८ जेठ २०८१, ०९ : २४
168 Shares
सोमबार, २८ जेठ २०८१
168 Shares

क्रिकेटर सन्दिप लामिछाने टि २० विश्वकप क्रिकेटका बाकी २ खेल खेल्न वेष्टईन्डिज पुगेका छन। उनि केही समय अगाडी वेष्टईन्डिज पुगेको सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका हुन ।

वेष्टईन्डिज एअरपोर्ट पुगेको तस्विर सेयर गर्दे उनर्ले वेष्टईन्डिज बाट सबैलाइ नमस्कार भनेका छन । उनले नेपाल सरकार, परराष्ट्र मंत्रालय, खेलकुद मन्त्रालय, राष्ट्रीय खेलकुद परिषद, तथा क्रिकेट एसोसिएसन नेपाललाई आफ्नो अमेरीकी भिषा प्राप्तिका लागि गरेको प्रयासका लागि धन्यवाद दिदै दुर्भाग्यवस यसपाली अमेरीकी भिषा प्राप्त नभएको पनि स्मरण गरेका छन ।

तर आफु अहिले ति सबै कुराहरुलाई पन्छाउदै, आफ्नो र सम्पूर्ण क्रिकेट प्रेमी नेपालीहरुको सपना पुरा गर्न विश्वकपका बाकी दुई खेल खेल्न वेष्टईन्डिजमा नेपाली राष्ट्रिय टिममा सामेल हुदैछु, उनले भनेका छन ।

Untitled-4

उनले आईसीसी र अन्य नियमाक निकायहरुसंग असाधरण र सर्मपित रुपमा सम्वन्मय गरी आफ्नो बिश्वकप यात्रा सफल बनाउनमा बिशेष भुमिका निभाउनुहुने क्यान अध्यक्ष चतुरबहादुर चन्द, क्यान सचिव तथा आफ्नो  पासर खड्का, अधिवक्ता सरोज घिमीरे, बिनोद दास, प्रवल गौतम तथा बालकृष्ण लामीछाने लाई पनि स्मरण गरेका छन ।

मेरो पुनारगमन सम्भव बनाउने  चतुर सर र पारस दाजु जस्ता व्यक्तिहरुको छबि धमिल्याईएकोमा आफुलाई दुःखलागेको बताउदै  आफ्रनो भिषा सम्स्यालाई लिएर क्यान र नेपाली क्रिकेटको छबि बिगार्न प्रयोग गरीएका त्यस्ता अनावस्यक र असत्य  प्रपोगान्डाहरुको बिश्वास नगर्न र गतल प्रचारको अनुसरण पनि नगर्न उनले सबैमा अनुरोध गरेका छन ।

देश तथा बिदेशमा जहा रहेर पनि मेरा लागि प्रार्थना गर्नुहुने सम्पुर्ण प्रति म आभार व्यक्त गदर्छु भन्दै उनले १० वर्ष पछि आएको नेपालको यो विश्पकप खेल्ने अवसरमा सबैले साथ, हौषला अनि आशिर्वाद दिनुहुन पनि अनुरोध गरेका छन । 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।