ताजा अपडेट »

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने

सोमबार, २८ जेठ २०८१, ०८ : २३
318 Shares
सोमबार, २८ जेठ २०८१
318 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ ।

क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यस अघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो । नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यस पछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ । यस अघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।