ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुलमा शिक्षक तालिम सम्पन्न

आइतबार, २७ जेठ २०८१, १५ : ४२
322 Shares
आइतबार, २७ जेठ २०८१
322 Shares

बुटवल । मोफसलको एकमात्र प्रोग्रेसिभ स्कुल ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले शैक्षिक गतिविधिलाई समयानुकुल बनाउँदै लैजाने लक्ष्यका साथ एक दिवशीय शिक्षक तालिम सम्पन्न गरेको छ । हरेक विद्यार्थी आफैमा लिडर हुन ।  

उनीहरुमा भएको लिडरसिपलाई कक्षामा कसरी प्रस्तुत गर्न सकिन्छ , सो लिडरसिपले शिक्षण कार्यकलाप कसरी विद्यार्थी केन्द्रित हुन सक्छ , कक्षा कोठालाई कसरी व्यवस्थित र  लक्ष्य उन्मूख बनाउन सकिन्छ र त्यसबाट अन्य बालबालिकाले कसरी फाइदा लिन सक्छन भन्ने विषयमा तालिम केन्द्रित रहेको थियो । IMG-20240609-WA0015

विद्यार्थीमा आफैमा ऊर्जाशील लिडरसिप हुने गर्दछ । सोको उचित प्रयोग गर्न सके कक्षामा प्रभावकारी शिक्षण गर्न सकिन्छ ।  तालिममा विभिन्न तहका संयोजक गीता गौचन , मिना भट्टराई , रोमा शर्मा लयायतल आफ्ना अनुभव शेयर गरेका थिए , तालिमको सहजीकरण टिच फर मलेसिया ,हेड अफ ग्रोथ फाम लि इन्गले गरेकी थिइन ।  

सोही अवसरमा फाम लीले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई जीवनको लक्ष्य , आफ्ना सकारात्मक गुणहरु , लक्ष्य निर्धारणका कारण , आफूले सुधार्नु पर्ने पाटाहरु र त्यसको कार्यन्वयनका लागि आगामी कार्यदिशाका बारेमा समेत कार्यशाला चलाएकी थिइन । यो उमेर जीवनको महत्वपूर्ण समय भएकाले १५ देखि २० वर्षको उमेर व्यक्तित्व र नेतृव्व विकासका लागि अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ ।

कार्यशालामा विद्यार्थीहरुले फाम लिसँग आफ्ना सकारात्मक ऊर्जाहरुलाई खुलस्त रुपमा प्रस्तुत गरेका थिए । कार्यशालामा प्रस्तुत विषयवस्तुलाई आफनो क्षमता चिन्ने अवसरका रुपमा लिई अगाडि बढ्नु पर्ने प्राचार्य जिग्मे शेर्पाले  बताए ।

IMG-20240609-WA0000

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।